इजरायल सेनाको निर्देशनपछि उत्तरी गाजामा अन्तिम अस्पताल पनि बन्द बिरामीको बिजोग
गाजा । उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ। इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश त्यहाँको निर्देशकले दिएको बताएका हुन्।
डा. मोहम्मद सलहाले दिएको जानकारी अनुसार ‘दुई हप्ताको घेराबन्दी’ पछि बिहीबार साँझ जबालियाको अल-अवदा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकालिएको थियो। उनले भने, ‘अब उत्तरमा कुनै पनि स्वास्थ्य सुविधाहरू सञ्चालनमा छैन।’
इजरायली रक्षा बल (आईडीएफ) बाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। युद्धविराम प्रयासहरू चलिरहेका बेला यो घटना प्रकाशमा आएको हो।
हमासले अमेरिकी युद्धविराम योजनाको ‘ध्यानपूर्वक समीक्षा’ गरिरहेको बताएको छ। यस योजनाको बारेमा जानकारी दिँदै ह्वाइट हाउसले इजरायलले यसमा ‘हस्ताक्षर’ गरेको दाबी गरेको छ।
गाजामा अहिले पनि इजरायलको सैन्य कारबाही जारी छ। गाजामा रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको मृत्यु भएको बताएको छ। एजेन्सीअ