रुपन्देही । गणतन्त्रण दिवस-२०८२ को अवसरमा जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख श्री उमाकान्त चपाई ज्यूको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खानज्यूको प्रमुख आतिथ्यतामा सिद्धार्थनगर नगरपालिका उप-प्रमुख उमा अधिकारी, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्, नेपाली सेना तारा दल गण रामनगर वुटवलका सेनानी जयराम घिसिङ, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, २७ नं. गण हे.क्वाटर रुपन्देहीका प्रमुख स.प्र.ना.उ. प्रदिप कुमार पाण्डे, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सुरज कार्की, प्रहरी नायव उपरीक्षक गणेश सापकोटा, रुपन्देही जिल्ला स्थित रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका कर्मचारीहरु र पत्रकारहरु समेत अं. ५०० जनाको उपस्थितिमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०८ बुद्धचोक स्थित बुद्धचोकबाट झण्डोत्तलन तथा प्रभातफेरी र्याली कार्यक्रम सुरु भई बर्मेली टोल ,देवकोटाचोक ,मिलनचोक ,हुदै जिल्ला प्रशासन कार्यालय सम्म आई सभामा परिणत भई कार्यक्रम सम्पन्न भयो ।