१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

काठमाडौंमा राजावादीको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ १७, २०८२

काठमाडौं । राजावादीहरूले थालेको तेस्रो दिनको आन्दोलनमा घुसपैठको आरोपमा एक जनालाई पक्राउ गरिएको हो।

उनको परिचय खुलाइएको छैन। राजावादीहरूको आन्दोलन अहिले नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ।

आफूहरुले प्रदर्शन गर्न लागेको ठाउँलाई निषेधित क्षेत्र तोकेपछि राप्रपाले राजावादीसँग सरकार डराएको निष्कर्ष निकालेको छ।

बैठकको समीक्षा गर्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको पुष्टि भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

उनले राजसंस्था पक्षधर र गणतन्त्रका पक्षधरहरूको शक्ति मूल्याङ्कन आम जनताले गरिरहेको भन्दै एमालेको जेठ १५ गतेको प्रदर्शन पनि प्रमाण भएको सुनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!