२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मानव सेवा आश्रम दाङको तुलसीपुरमा नयाँ भवन निमार्णको लागि भुमि पुजन सम्पन्न

Logo
सागर रोका प्रकाशित मंगलबार, जेठ २०, २०८२

तुल्सीपुर । मानव सेवा आश्रम तुलसीपुरको भवन निमार्णको लागि भुमि पुजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–४ र ७ को सिमानामा पर्ने कालिका मालिका मन्दिर परिसरमा आज भुमि पुजन गरिएको हो ।

भवन निमार्णको भुमि पुजन तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले गर्नु भएको हो । भवन निमार्ण सहयोगार्थका लागि २०८० माघ १३ गतेदेखि २० सम्म अरनिको मैदान तुलसीपुरमा ज्ञान विज्ञान महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञबाट ५ करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैया प्रतिवद्धता सहितको रकम संकलन भएको थियो । महायज्ञ सञ्चालन भएको डेढ वर्षपछि (आइतबार) आजदेखि भवन निमार्णको काम सुरु भएको हो । मानव सेवा आश्रम दाङले १ विगाह २।५ कठ्ठा जग्गामा भौतिक संरचना निर्माण गर्न लागेको हो ।

त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्का सहित दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, शान्तीनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसी, ४ नम्बरका अध्यक्ष तुलसी थापाको सहभागिता रहेको थियो ।

यसैगरी दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, पत्रकार, सुरक्षाकर्मी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

मानव सेवा आश्रम अहिले हाल तुलसीपुर–६ गाइडहरमा घर भाडामा लिएर आश्रम सञ्चालन गरिरहेको छ । भने भवन निर्माणपछि आफ्नै भवनमा स्थानान्तर हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]