२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रवी लामिछानेलाई डिल्लीबजार कारागारमा पूर्वमन्त्री दिपक मनाङे नै रहेको ब्लकमा राख्ने तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २१, २०८२

काठमाडौँ । रमेश लेखक राजीनामा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रामक भूमिका खेलेपछि सरकारले अचानक रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट डिल्लीबजार जेलमा स्थानान्तरण गर्ने तयारी गरेको छ।

लामिछानेको काठमाडौँ स्थानान्तरणले राजनीतिक लेनदेन र वार्ताको मार्ग प्रसस्त हुने अड्कलबाजी गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा लामिछानेको सरूवा हुन थालेको हो।

रमेश लेखक प्रकरणमा माओवादीसँगै रास्वपाले छानबिन र राजीनामाको माग पूरा नभएसम्म संसद् अवरोधलाई निरन्तरता दिने अडान लिएपछि सरकारले लामिछाने सरूवामा चासो देखाएको हो।

राजनीतिक व्यक्तिहरू आपराधिक अभियोगमा डिल्लीबजार जेलमा हुँदा रेशम चौधरीलगायत कतिपय केसमा मोलतोल र बार्गेनिङ सहज भएको थियो।

उनलाई डिल्लीबजार कारागार ल्याउन प्रक्रिया अगाडि बढाइएको छ। अहिले सरूवाका लागि लामिछाने पक्षीय वकिलले रुपन्देही जिल्ला अदालतबाट अनुमति  लिईसकेका छन्। केन्द्रीय कारागार विभागबाट अनुमति पाएलगत्तै उनी काठमाडौँ सरुवा हुनेछन्।

लामिछानेलाई डिल्लीबजार कारागारमा गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङे नै रहेको ब्लकमा राख्ने तयारी छ।

सहकारी प्रकरणमा लामिछाने गत चैत २२ देखि पूर्पक्षका लागि थुनामा छन्। लामिछानेपत्नी निकिता पौडेल लामिछानेले उनलाई थुनामुक्त गर्न आदेश गर्दै बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरे पनि उनको रिट सर्वोच्चले खारेज गरिदिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]