दाङ । तुल्सीपुर रुकुमको बाफिकोट घर भई तुलसीपुर उपमहानगरपालिका ८ दुधेना बस्ने विशाल गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
गिरीलाई अस्ति बेलुका उनका साथी यज्ञ वलीले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका विशाललाई उपचारका लागि नेपालगंज मेडिकल कलेज ल्याइएको थियो ।
टाउकोमा चोट लागेका गिरीको उपचारका क्रममा गएराति ज्यान गएको र कुटपिटमा संलग्न वलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सूर्य रानाले जानकारी दिएका छन् ।