२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डोटीको दिपायलमा जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २१, २०८२

 

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७, उडीतोलामा आज बिहान (बुधबार) जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।

घाइते हुनेमा जिल्लाको सायल गाउँपालिका ४ भल्मा बस्ने २५ वर्षीय पदमा बिष्ट, सोही ठाउँ वडा न-३ कचाली बस्ने ६० वर्षीय हरु बयाडी २१ वर्षीय यदु बयाडि, जिल्लाको पुर्वीचौकी २ बस्ने क्रमशः ३५ वर्षीय गोबिन्द ओली, सोही ठाउँ बगलेक बस्ने ४० वर्षीय कुन्ति नेपाली, ४० वर्षीय हर्का देवी साउँद, ४० वर्षीय कलु साउँद,५० वर्षीय गोलमा देवी दमाई, ३० वर्षीय बजी दमाई रहेका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डोटी प्रहरीले जनाएको छ।

बगलेकबाट सिलगढीतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ च ०२४४ नम्बरको जीप अनियन्त्रित भई सडकको दाहिने पट्टि नालामा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहान करिब १०स्२५ बजेको समयमा जीपको ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जीप चालक डोटी सायल गाउँपालिका–४ का ५४ वर्षीय हरि बहादुर बिष्ट रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]