काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२/०२/१६ गतेको निर्णयानुसार यस नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी काठमाण्डौबाट नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्साल, काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा ज्यूलाई एक कार्यक्रमका बिच खादा, अविर र मायाको चिनो समेत प्रदान गरि बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा प्र.व.उ तारा देवी थापा ज्यूले यस कार्यालयमा रहेका प्रहरी कर्मचारीको गरेको कार्य प्रशन्सा गर्नुका साथै विपद् व्यवस्थापन कार्यालयको कार्य प्रकृति विशेष रहेको हुदाँ थप किर्याशिल भई कार्य गर्न पर्ने बताउनु भयो ।