२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार आरोप षड्यन्त्रपूर्ण हो

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २२, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार आरोप षड्यन्त्रपूर्ण भएको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रौतहटमा रहेका नेपालले पत्रकारहरूसँग भ्रष्टाचार आरोप आफूमाथिको प्रतिशोधपूर्ण कदम भएको बताएका हुन्।

‘मैले कुनै अनुचित काम गरेको छैन। तर, कानुनी प्रक्रियाको सामना गर्ने छु। मविरुद्ध सुरुदेखि नै षड्यन्त्र भइरहेको थियो। राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको हो,’ उनले भने।

आफूले ‘नबिराउनु, नडराउनु’ को मान्यतालाई आत्मसात् गरेको उनको भनाइ छ। उनले कुनै पनि अनुचित काम नगरेको र त्यस्ता कार्यलाई प्रोत्साहनसमेत नगरेको दाबी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।