१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

शुक्रबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ २३, २०८२

मेष-आज मनमा केही चन्चलता र अस्थिरता हुनसक्छ। साढेसातीको प्रभावले थोरै मानसिक दबाब आउन सक्छ, त्यसैले संयम र धैर्य पालना गर्नु लाभदायक हुनेछ। प्रेम सम्बन्धमा खुला र मृदु संवादले समस्याहरू समाधान हुनेछन्। विदेश यात्रा वा ठूलो निर्णयका लागि अहिले अलि पर्खनु उपयुक्त हुन्छ।

वृष-आज नयाँ अवसरहरू खुल्ने समय छ। विदेश सम्बन्धी काममा सफलता मिल्नेछ। माया प्रेममा मिठास र समझदारी बढ्नेछ। आर्थिक पक्ष मजबुत रहन्छ। व्यवसायमा नयाँ योजना अगि बढ्नेछन् ।बुद्धिमानीपूर्वक काम अघि बढाउनुहोस्।

मिथुन-आज विचारमा केहि अनिश्चितता देखिन सक्छ। प्रेम सम्बन्धमा सानातिना असमझदारी आउन सक्छ, तर खुला मनले कुराकानी गर्दा समाधान हुनेछ। विदेशको योजना केही समयका लागि स्थगित गर्नुपर्ला।

कर्कट-परिवार र सामाजिक सम्बन्धहरू मजबुत हुनेछन्। विदेश सम्बन्धी योजना सक्रिय छन् र सफल हुने संकेत छ। माया सम्बन्धमा विश्वास र समझदारीले सम्बन्ध अझ गहिरो हुनेछ। व्यवसायिक सफलता मिल्नेछ ।

सिंह-आत्मविश्वास र प्रतिष्ठामा वृद्धि हुनेछ। साढेसातीको असरले कहिलेकाहीं थोरै तनाव आउन सक्छ, तर प्रेममा धैर्य र संयमले समस्या हल हुनेछ। स्वास्थ्यमा सामान्य ख्याल राख्नुपर्छ।

कन्या-आज केही तनाव र चिन्ताको सम्भावना छ। प्रेम सम्बन्धमा दूरी र अलमल हुन सक्छ, तर मृदु व्यवहारले सम्बन्धलाई बलियो बनाउन सकिन्छ। विदेशका काममा धैर्य राख्नुहोस्।

तुला-सामाजिक र प्रेम सम्बन्ध दुवै राम्रो रहनेछन्। नयाँ साथी बन्ने र प्रेममा मिठास बढ्ने योग छ। विदेशको योजना खासै सक्रिय छैन।

वृश्चिक-कार्य क्षेत्रमा सफलता मिल्नेछ। विदेश जाने योजना सक्रिय छ। प्रेम सम्बन्धमा सकारात्मकता र समझदारी बढ्नेछ।

धनु-अध्ययन र सिकाइमा मन लाग्नेछ। विदेश यात्रा वा उच्च शिक्षा सम्बन्धी योजना अघि बढ्नेछ। प्रेम सम्बन्धमा स्थिरता र मिठास रहनेछ।

मकर- केहीँ मानसिक दबाब हुनसक्छ। प्रेम सम्बन्धमा झमेला आउन सक्छ, संयम र समझदारी आवश्यक छ। स्वास्थ्यमा सतर्कता अपनाउनुहोस्।

कुम्भ-मानसिक तनाव र संघर्ष हुन सक्छ। प्रेममा कहिलेकाहीं असमझदारी आउन सक्छ, तर ध्यान र योगले मनोबल बलियो बनाउनेछ।

मीन-साढेसातीको अन्तिम चरणमा संवेदनशीलता बढी हुन्छ। प्रेममा धैर्य र माया आवश्यक छ। विदेश यात्रा वा स्वास्थ्य सम्बन्धी काम अघि बढ्नेछ। सकारात्मक सोच राख्नोस्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!