पाल्पा रामपुरमा लागुऔषध तथा सुर्ती सेवन दुर्व्यसन बिरुद्ध प्रभातफेरी सचेतना कार्यक्रम
पाल्पा । जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. ५ बेझाड चोकमा प्रदेश माननिय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा, रामपुर न.पा. वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, समाजसेवी, यातायात व्याबसायी, पाल्पा मेट्रोसिटी अस्पताल होराईजन डेण्टल, रामतुलसी बिद्यालयका बिद्यार्थी, स्थानिय ब्यबसायी तथा स्थानिय भद्रभलादमी मानिसहरुको उपस्थितीमा लागु औषध तथा सुर्ती सेवन दुर्व्यसन बिरुद्ध प्लेकार्ड सहित बजार परिक्रमा गरी बेझाड चोकमा आई सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको ।