२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

शनिबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ २४, २०८२

मेष-आत्मविश्वास बढ्नेछ, तर रिसले सानो झगडा ल्याउन सक्छनेछ ।परिवारको माया र साथले मन खुसी हुनेछ।व्यापारमा नयाँ योजना सोच्न सकिन्छ, तर हतार नगर्नु राम्रो हुन्छ। बैदेशिक कार्यको लागि उपर्युक्त दिन छैन ।

वृष-घरमा शान्ति र प्रेम बढ्नेछ। सानो प्रयासले ठूलो नतिजा दिने समय छ। बोल्दा नरम व्यवहार राख्नुस्, अरूको मन नदुखउनु होला ।साझेदारी व्यवसायमा विश्वास बढ्नेछ।

मिथुन-बोलचालमा आकर्षण रहनेछ। नजिकको मान्छेसँग सानो विवाद हुन सक्छ, तर समाधान सजिलो हुनेछ। योजना बनाउने समय राम्रो छ। विदेश जाने कुरा अझै पर्खनुपर्ने होला। व्यापार विस्तार सोच्न सकिन्छ।

कर्कट-मन शान्त र स्थिर हुनेछ। सिर्जनात्मक काममा सफलता मिल्नेछ ।प्रेम र परिवारमा मिठास बढ्नेछ। विदेशसम्बन्धी काम अघि बढ्ने सम्भावना छ। व्यापारमा नयाँ जोखिम नगर्नु राम्रो हुन्छ।

सिंह-आफ्नो निर्णयमा दृढता देखिनेछ, तर अरूलाई पनि सुन्ने मन बनाए राम्रो हुन्छ। सामाजिक काममा सक्रियता बढ्नेछ। विदेश यात्रा सम्भावना कम होला। व्यापारमा पाटनर्को सल्लाह लिए राम्रो हुन्छ।

कन्या-सल्लाह र साथ पाइनेछ। आत्मबल बढ्ने समय छ। निर्णयमा ढिलाइ भए पनि हानि हुँदेछैन ।विदेशका काम अघि बढ्नेछन्। व्यवसायमा खर्च बढ्न सक्छ, हिसाब मिलाउनु पर्छ।

तुला-बोलीले अरूलाई प्रभावित पार्ने दिन हुनेछ। मान–सम्मान बढ्नेछ । बिध्यार्थीका लागि दिन बिशेष हुनेछ ।व्यापारमा नयाँ अवसर आउँछ।

वृश्चिक-धेरै बोल्नुभन्दा काममा ध्यान दिनु राम्रो हुन्छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। विदेशमा रहेका आफन्तबाट सहयोग मिल्नेछ। व्यापारमा नियमित गति रहनेछ।

धनु-दुविधा र अलमल हुने समय छ। तर विवेकले निर्णय लिनुपर्छ। शुभचिन्तकको साथ रहनेछ। व्यापारमा योजना परिवर्तनका सोच आउनेछन् ।

मकर-जिम्मेवारी बढ्नेछ, तर उपलब्धि पनि हुनेछ। संयमित व्यवहारले राम्रो नतिजा दिनेछ। विदेशसंग सम्बन्धित काम अघि बढ्नेछ। व्यापार विस्तारका योजना बन्नेछन्।

कुम्भ-व्यस्त भए पनि सन्तुष्टि मिल्नेछ। थकान महसुस हुन सक्छ। परिवारलाई समय दिन नसकिए पनि संवाद कायम राख्नुपर्नेछ ।विदेशमा रहेका आफन्तसँग सम्पर्क राम्रो हुनेछ।

मीन-मन भावुक हुनेछ ,तर व्यवहारिक बन्नु राम्रो हुन्छ। सृजनात्मक काममा सफलता मिल्नेछ। परिवारसँग सानो मतभेदले मन गाह्रो बनाउन सक्छनेछ ।व्यवसायमा सन्तुलन आवश्यक छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।