१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपालगंज दिल्ली उडानका लागि भारतीय मन्त्रीलाई पत्र नेपालगञ्जमा स्थानीयसँग छलफल उडानका लागि एयरपोर्ट तयार

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ २४, २०८२

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठन अन्तर्राष्ट्रियले संयुक्त रुपमा नेपालगञ्ज दिल्ली उडानको लागि पहल सुरुवात गरेको विषयमा सम्बन्धित निकायहरूसँग शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा विभिन्न विषयमा छलफल भएकाे छ ।

 

केही दिन अगाडि भारत सरकार उडयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरु लगायतसँग छलफल गरेको छ। नेपालगञ्जकाे विमानस्थलमा एयरपोर्टकाे भौतिक रुपमा संरचना तयार रहेको र त्यो तयारी विषयमा लिखित रुपमा जानकारी प्राप्त भएको छ केही कुराहरू अपुग रहेको र त्यो कुरालाई पूरा गर्ने विषय नेपाल सरकार पर्यटन मन्त्रालय नेपालका प्रधानमन्त्री कार्यालय यो विषयमा ध्यानाकर्षण गराउने भएकाे छ । नेपालगञ्जको २८ जिल्लालाई केन्द्रबिन्दु भएकाे र नेपालगञ्ज मानसरोवरको प्रमुख केन्द्रबिन्दु समेत रहेको नेपालगन्ज दिल्ली उडानको आवश्यकता रहेको विभिन्न वक्ताहरूले बताएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज–दिल्ली उडानबारे शुक्रबार नेपालगन्जमा आयोजना गरेको छलफल कार्यक्रममा नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगन्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको दाबी गरे ।सिंहले भने, ‘अहिले नेपालगन्ज विमानस्थलमा क्षमताको टर्मिनल भवन छ निर्माण अन्तिम चरणमा पुगेको नयाँ टर्मिनल भवनकोे क्षमता ६०० रहेकाले हामी अन्तर्राष्ट्रिय विमान उडानका लागि तयारी अवस्था रहेकाे बताए छन् । कार्यक्रममा बाँकेका स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधिले पनि नेपालगन्ज–दिल्ली उडानका लागि संघीय सरकारलाई दवाब दिन हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज–दिल्ली उडानका लागि नेपालगन्जबासीसँगै दवाब समूहसँग मिलेर काम गर्ने बताएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि नेपालगन्ज–दिल्ली उडानको मागका सम्बन्धमा आफूले गर्नुपर्ने सहयोेग गर्ने प्रतिबद्धता जनाएका थिए ।नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नेपालगन्ज–दिल्ली उडान नहुँदासम्म दवाब जारी राख्ने बताए । शुक्रबार मात्र दवाब समूूहका संयोजक बनेका धामीले भने, ‘नेपालगन्ज लुम्बिनी प्रदेशको प्रमुख सहर मात्र होइन, पर्यटकीय हिसाबले कर्णाली र सुदूरपश्चिम प्रदेशको गेटवे भएकाले नेपालगन्ज–दिल्ली उडान आवश्यक छ ।’ चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगन्ज हुँदै जाने भएकाले पनि नेपालगन्ज–दिल्ली उडान महत्वपूर्ण हुने उनको दाबी थियो ।सङ्घका अध्यक्ष टंकप्रसाद धामीले अब नेपालगन्जमा दिल्ली उडानले भारत सरकारले सहयोग गरेमा नेपालगञ्जबाट दिल्लीको उडानको सम्भावना प्रबल रहेको बताएका छन्। यो सम्भावना भएमा नेपालगञ्जको मानसरोवरको रूट अनि भारतीय नागरिकलाई अप्ठ्यारो नहुने र यो हामीले अवसर हुने अतिथिको लागि हामी तयार रहेको बताए छन् । शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य सङ्घको बैठकमा भारत मैत्री संगठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले भने कि नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटीबेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने म देखेको छु यो अवसर भारत सरकारले सकारात्मक सन्देश प्रवाह गरेमा अझै नेपाल भारतको सम्बन्धमा यो उडानले धेरै समस्याहरूको समाधान गर्ने छ। कार्यक्रममा बाँकेका स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधिले पनि नेपालगन्ज–दिल्ली उडानका लागि संघीय सरकारलाई दवाब दिन हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए । बुद्ध र श्री एयरले नेपालगन्ज–दिल्ली उडान गर्नेबारे अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेकाे छ । होटल एशोसियशन नेपाल (हान)बाँकेका अध्यक्ष दिवाकर खनाल र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंगबहादुर खड्का बाँकेका पर्यटन व्यवसायीका लागि नेपालगन्ज–दिल्ली उडान कोसेढुंगे साबित हुने बताउँछन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैैश्य र पूर्वमहासचिव अजयकुमार टण्डन सरकारको इच्छाशक्तिको अभावमा नेपालगन्ज–दिल्ली उडान हुन नसकेको जिकिर गरे । संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालगन्ज–दिल्ली उडानका लागि दवाब दिन नछोडेको बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नेपालगन्ज–दिल्ली उडानको मुद्दामा बाँकेबासी एक भएर सरकारलाई दवाब जारी राख्ने सुझाव दिन्छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एकीकृत समाजवादी बाँकेका उपाध्यक्ष करिश्मा योगी, एमाले बाँकेका सदस्य मीनबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र श्रेष्ठ नेपालगन्ज–दिल्ली उडानका लागि दवाब दिन ऐक्यबद्धता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!