२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके प्रहरीको अभियान फरार खोज्ने अभियान बैंकिङ कसुर मुद्दामा फरार रहेका १ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ २४, २०८२

बाँके । बाँके प्रहरीले फरार प्रतिवादीलाई खोजी खोजी पक्राउ गर्ने अभियान शुरु गरेपछि वर्षौदेखि फरार रहेका प्रतिवादीहरु प्नि पक्राउ परिरहेका छन् ।

सोही क्रममा जिल्ला अदालत बाँकेले ६० लाख रुपियाँ जरिवाना गरेपनि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका ४८ वर्षीय गोविन्द प्रसाद पहाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताउनुभयो ।

उहाँका अनुसार बैंकिङ कसुर र चेक अनादर मुद्दामा पहाडीलाई जिल्ला अदालत बाँकेले ६० लाख एक हजार १०० रूपियाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरीले अदालतले पहिलो पटक २०७९ भदौ २८ गते, दोस्रो पटक २०८१ असार २० गते र तेस्रो पटक २०८१ माघ २८ गते पहाडीलाई उक्त फैसला सुनाएको जनाएको छ । तर, पहाडी भने पहिलो पटक अदालतले जरिवानाको फैसला सुनाएदेखि नै फरार रहेका थिए ।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयले धेरैजना फरार प्रतिवादीलाई पक्राउ गरेर कारागार पठाएको तथा जरिवाना समेत असुल गराएको छ भने सो क्रममा ३० देखि ३५ वर्ष अघिबाट फरार रहेका प्रतिवादीलाई पनि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]