२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रवि लामिछाने कारागारमा रहे पनि २०८४ को निर्वाचनमा बहुमत प्राप्त भएमा प्रधानमन्त्री हुने नेता वाग्ले

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ २४, २०८२

 

स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछाने कारागारमा रहे पनि आगामी महाधिवेशनमा सभापति र २०८४ को निर्वाचनमा बहुमत प्राप्त भएमा प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हुने दाबी गरेका छन् ।

वालिङ नगर समितिले स्याङ्जामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले भने, ‘रवि लामिछानेलाई जेलमा राखे पनि हाम्रो सभापति उहाँ नै हुनुहुन्छ । ०८४ मा हामीले बहुमत ल्यायौँ वा सबैभन्दा ठुलो दल भयौँ भने प्रधानमन्त्रीको उम्मेदवार पनि रवि लामिछाने नै हुनुहुनेछ ।’

उनले सत्तारुढ दलहरूले रास्वपालाई अदालतमा अल्झाएर कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए । ‘उनीहरूलाई लाग्छ, रविलाई अदालतमा अल्झाएर हराउन सकिन्छ। तर, उहाँ चाँडै काठमाडौं सरुवा हुँदै हुनुहुन्छ। हाम्रो संवाद र रणनीति झन् सशक्त हुनेछ,’ वाग्लेले भने ।

उनले रास्वपाले कुनै पनि राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पार्दै पार्टी आफ्नो सिद्धान्त र लक्ष्यमा अडिग रहने बताए । कार्यक्रममा वाग्लेले कार्यकर्ताहरूलाई एकजुट भएर अगाडि बढ्न र पार्टीको सन्देश जनतामाझ पुर्‍याउन आह्वान गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]