२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सत्ती प्रहरी चौकी बिटमा महिलासंग भएको विवादमा डिएसपीको कमान्डमा ५ सदस्यीय छानबिन समिति गठन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ २४, २०८२

कैलाली । टीकापुरस्थित सत्ती प्रहरी चौकीका इन्चार्ज सई यज्ञराज पन्तलाई विवादमा तान्ने प्रयास भएको छ। सत्ती प्रहरी बिटमा भएको विवादको कुरालाई लिएर उनलाई छानबिनमा तान्न खोजिएको हो।

उनले नियमित ड्युटी गरिरहेकै अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालयले तानेर अफिसमा राखेको छ भने छानबिन समिति पनि गठन गरिएको छ।

उसो त टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहले आफूलाई शुक्रवार अपरान्ह साढे चार बजेतिर कुटपिट गरेको आरोप लगाएकी छन्।

घटनाक्रम अनुसार एक १७ वर्षीय किशोरले उनलाई स्कुटीमा राखेर अत्यधिक तीव्र गतिमा चलाएर धनगढीबाट हुलाकी मार्ग हुँदै टीकापुर गैरहेको थियो।

त्यहीँ क्रममा बिटनेर प्रहरीसँग उनले विवाद गरेकी थिइन्। जसक्रममा उनले पहिले प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग विवाद गरिन्।

त्यसपछि त्यहाँ सई पन्त आएका थिए। त्यसपछि महिलालाई नियन्त्रणमा लिन खोज्दा झन विवाद भएको थियो। त्यसपछि सो विवादको विषय इलाका प्रहरी कार्यालय टीकापुर हुँदै जिल्लासम्म पुगेको थियो।

स्रोतका अनुसार ती महिलाले जिल्लाका एसपी बाल नरसिंह राणासँग पनि अस्वभाविक तरिकाले बोलेकी थिइन्।

यसैक्रममा ती सईलाई बिना कसुर फसाउन खोजिएको आरोप लागेको छ। चेकिङको क्रममा महिलालाई हातपात गरेको भन्दै इस्यु बनाएर उनीमाथि छानबिन थालिएको हो।

जसबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी राज कुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समित गठन गरिएको जनाइएको छ। यद्यपि उनै डीएसपीले चेकजाँच गर्ने क्रममा महिलाले विवाद सुरु गरेको दाबी गरेका छन्।

अहिलेलाई विवाद महिलासँगको देखिएपनी त्यहाँबाट पहिलेदेखि जिल्ला प्रहरीलाई लाइन (घुस) आइरहने भएपनी अहिलेको अवस्थामा सुदूरपश्चिममा नयाँ डीआईजी डम्बर बिक आएपछि सबै लाइन बन्द भएको थियो। त्यसपछि विवाद र कारबाहीको शृङ्खला सुरु भएको स्रोतको दाबी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।