२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आइतबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ २५, २०८२

आज – २५ जेठ २०८२ आइतवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा प्रतिभाको उचित मूल्यांकन मिल्नेछ। राजनीतिक प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक रोजगारमा सफलता पाइनेछ। विदेशतिर बसोबास गर्नेहरूलाई आफन्तबाट शुभ सुचना मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुराना रोकिएका कामहरू प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा श्रमक‍ो उचित प्रतिफल मिल्नेछ। नोकरीको लागि नयाँ अवसरहरू मिल्नेछन्। प्रतियोगीपरीक्षामा सफलता मिल्नेछ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा मान प्रतिष्ठा बढ्नेछ। विश्वासपात्रबाट धोखा मिल्नेछ। कार्यक्षेत्रमा सोचेअ नुरूप कार्य पूरा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। फजुल खर्च गर्नबाट बच्नुहोस्। सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक पक्षमा पिताको सहयोग मिल्नेछ। कानुनी मुद्दा मामलामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्ला।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कानुनी मुद्दा मामलामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्ला। बोलिमा प्रभाव बढ्नेछ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले उत्साह जगाउनेछ। घरायसी काममा धन खर्चका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्ष सामान्य रहनेछ। व्यापार व्यवसायमा गलत निर्णयले विवाद निम्त्याउन सक्छ। अर्थ उपार्जनका नयाँ स्रोतहरू बन्नेछन्। नोकरीको लागि नयाँ अवसर मिल्नेछ। सहयोगीहरूको साथमा तालमेल मिलाउन गाह्रो हुनेछ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सहयोगीहरूले सहयोग दिने हुँदा नयाँ कार्यतर्फ अग्रसर भइनेछ। नोकरी वा पेशामा बुद्धिको उपयोगले सफलता पाइनेछ। भौतिक संसाधनहरू जुटाउन सकिनेछ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा लिएको निर्णयको प्रशंसा हुनेछ। आर्थिक पक्षमा हानिका योग छन्। भाग्यको साथ मिल्नेछ। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। धार्मिक संस्थामा आबद्ध हुनुहुन्छ भने पदोन्नतिका योग छन्। पारिवारिक सद्भावना बढ्नेछ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालनमा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। महत्वकांक्षी योजनाहरू सफल हुनेछन्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9858060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।