२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका १३ जना एसपीहरु एसएसपी पदका लागि दौडधुपमा को,को छ्न बलियो दाबेदारहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ २५, २०८२

काठमाडौं । प्रहरी प्रधानकार्यालयले विवादित एसएसपीहरुलाई डिआइजीमा बढुवा गरेपछि १३ जना एसपीहरु अधिकृतहरु एसएसपीका लागि दौडधुपमा रहेका छन्।

डिआइजीहरुको बढुवा तथा पदास्थपन भएसँगै एसपीहरु एसएसपी बढुवाका लागि दौडधुपमा लागेका हुन्। प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी थालेको छ।

अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएपनि उनको कारवाही नै फुकुवा भैसकेको छैन। राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेतको पाँच वर्षे कारवाही फुकुवा नभएका कारण उनको बढुवा संभावना निकै कमजोर रहेको छ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन्।

एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन्। २०७७ मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहतका कार्यालयहरुबाट रकम असुलेको आरोपमा उनी निलम्बनमा परेका थिए।  जसकारण उनी यसअघिको बढुवामा छुटेका थिए।

त्यस्तै २०५८ का टोलीहरु पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन्। यो टोलीबाट प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, दयानिधि ज्ञावली, राकेश सिंह, राजिव बस्नेत, दीपक पोखरेल, केदार खनाल, दिपेन्द्र शाही, राम प्रकाश साह, प्रविण धिताल र ज्ञानेन्द्र फुयाल पनि बढुवाको प्रतिस्पर्धी हुन्।

कार्कीलाई अघिल्लो पटक नियोजित रुपमा छुटाइएको थियो भने थापा हनी ट्रयापको काण्डमा प्रहरी निरीक्षक विनु शाहीसँग मुछिएका छन्। पोखरेललाई शक्ति केन्द्रको आडमा घर पायक पूर्वी क्षेत्रमा बसेर राज्यशक्तिको दोहोन गरेको आरोप छ।

सुनसरी मोरङ लगायतमा जिल्लामा पालैपलो विभिन्न यूनिट बिताएका पोखरेलले प्रहरी कर्मचारी, सवारी साधान तथा संगठनलाई दिनुपर्ने समय निजी जीवनलाई दिएर ड्रागन खेती गर्नमा लगाएको आरोपका कारण उनको बढुवा रोकिने संभावना रहेको छ। यो विषयमा उनले संगठनभित्र स्पष्ट पार्न सकेका छैनन्।

यस्तै भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेश काफ्ले, अमर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बिष्ट, बासुदेव खतिवडा, सुवास चन्द्र बोहरा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, विरेन्द्र शाही, जनक शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिम्ल्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धी हुन्।

तिवारीलाई धनुषा बस्दा विवादित बनेका थिए भने दाङ र बारा बस्दा काफ्लेले अनाधिकृत रुपमा आर्थिक उपार्जन गरेको आरोप रहेको छ। रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकमा अहिले पनि क्रसर व्यवशायीसँग उठवस रहेको उजुरी प्रहरी प्रधानकार्यालयमा परेको छ भने पण्डित सिराहबाट आर्थिक अपचलन गरी प्रहरी प्रधान कार्यालय तानिएका अधिकृत हुन्।

यस्तै प्रकाश रानाभाट समेत विवादित प्रहरी अधिकृत हुन्। उनी पनि जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा आर्थिक विवादमा तानिएका थिए। कमजोर कमाण्डिङ क्षमताका उनी पनि अहिले एसएसपी बढुवाको लागि चर्को लबिङ गरिरहेका छन्।

यस्तै प्रविण धिताल, राकेश सिंह र केदार खनाल समेत कमजोर प्रहरी अधिकृत हुन्। कमजोर कार्यक्षमताकै क्षमताका कारण धिताल सर्लाहीबाट ४ महिनामै तानिएका थिए। सिंह पनि धादिङ बस्दा आर्थिक विवादमा मुछिएका थिए।

त्यस्तै खनाल समेत गोरखा बस्दा विवादमा तानिएका थिए। सुपको नाता लगाएर चक्रराज जोशी र जनक शाही पनि बढुवाको लागि दौडधुप गरिरहेका छन्। जोशी र खड्का त यसअघि नै बढुवाको लागि भन्दै विदा लिएर मन्त्रालयमा आएका थिए।

कर्मचारी प्रशासनमा रहेका योगेन्द्र थापा नजानिँदो पाराले बढुवाको कलष्टरमा बसिसकेका छन् । उनी यसअघि नै बढुवाका लागि दौडधुप गरिरहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]