०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

दाङको तुलसीपुर अमलिया सडक खण्डमा बस दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ २५, २०८२

दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया स्थित तुलसीपुर–अमलिया सडक खण्डमा आज बिहान सवारी दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटना आज बिहान ११ बजेतिर भएको हो।

गोल्टाकुरीबाट तुलसीपुरतर्फ गइरहेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र तुलसीपुरबाट बिद्यार्थी छोडेर बखर फर्किरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस आपसमा ठोक्किँदा यात्रुबाहक बस सडकदेखि करिब ४–५ मिटर तल खस्न पुगेको थियो।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको कमाण्डमा १२ जना र प्रहरी चौकी दमारगाउँका प्रमुख प्रहरी सहायक निरीक्षक पाराश्वर डाँगीको कमाण्डमा ३ जनाको टोली परिचालन गरिएको थियो।

हाल मृत्यु हुनेमा दंगिशरण २ का ३७ वर्षीय शान्ता खड्का चौधरी र ६५ वर्षिय नारायण भण्डारीकाे १२:४५ मा मृत्यु पुष्टि भएकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ई. प्र. का तुलसीपुरले जानकारी दिएकाे छ भने

दुर्घटनामा निम्न व्यक्तिहरू घाइते भएका छन्:

मनिसा बस्नेत (२५ बर्षीय, दंगिशरण–२) – टाउको र छातिमा चोट, अवस्था मध्यम

गोमा सार्की (५२ बर्षीय ) – टाउको र छातिमा चोट, अवस्था मध्यम

मोतिसरा सुनार (६० बर्षीय ) – टाउको र ढाडमा चोट, अवस्था मध्यम

किसिता पुन (उमेर ३४) – छाति र हात–खुट्टामा चोट, अवस्था मध्यम

सिमा पुन (उमेर ३२) – ढाडमा चोट, अवस्था सामान्य

कमला नेपाली (उमेर २७) – टाउको र हातमा चोट, अवस्था मध्यम

शुसान्त नेपाली (९) – टाउकोमा चोट, अवस्था सामान्य

शंकर नेपाली (८) – दुबै हातमा चोट, अवस्था सामान्य

अन्दाजी ३०–३२ वर्षकी अज्ञात महिला – टाउको र छातिमा चोट, अवस्था गम्भीर

नोखीराम वि.क. (४१) – छाति र टाउकोमा चोट, अवस्था मध्यम

कुसल वि.क. (४८) – टाउकोमा चोट, अवस्था सामान्य

ललिता सुनार (२५) – टाउको र छातिमा चोट, अवस्था मध्यम

कमला नेपाली (४५) – अनुहारमा चोट, अवस्था सामान्य

अमृत कुसारी (२३) – छाति र टाउकोमा चोट, अवस्था मध्यम

पार्वती नेपाली (४५) – छाति र टाउकोमा चोट, अवस्था मध्यम

प्रहरीका अनुसार दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!