काठमाडौं । सबै सगँ भाबनात्मक सम्बन्ध गास्दै अगाडि बढेको हुन्छ।काम गर्नै फलको आशा नर्गने धार्मिक प्रबृत्तिका हुन्छन् ।गुट उपगुट नरमाउने , खोजमुलक अनुसन्धान गर्नै ,सम्बोधन क्रममा बाबू ,हे भाइ जयनेपाल भनेर सम्बोधन गरेर आफ्नो संस्कारको परिचय दिने, भाईराजा र ब्रोको नामले सम्बोधन गर्छन् ।कठिन परिस्थितिमा कठिन ठाउँको जिम्मेवार लिएका हुन्छन् ।मन र मुखमा एउटै बोली हुन्छ।तर काङ्ग्रेसका मन्त्रीहरु द्दारा खेदिएका हुन्छन् ।
बाम चरित्रका प्रहरी बोल्दै नबोल्ने , बोले पनि कम बोल्ने ,कृत्रिम हाँसो ,आफुभन्दा माथिकाहरुलाई श्रीमान भनेर बडो चिल्लो घस्ने ,मोैका परयो भने हाकिम र उहाँको धर्मपत्नीको जन्म दिबस मनाउने, तल्लो तहकालाई केटा वा जी भनेर सम्बोधन गर्नै, घुडा टेकेर जय नेपाल गर्नै , कारबाही भन्ने शब्द मुखमा झुण्डाउने, आफू बिना जिल्ला चल्न सक्दैन कि भनेर बडो ब्यस्त भएको नाटक देखाउने , ब्यबहारिक पक्ष र सैद्धान्तिक पक्ष्यमा शुन्य रहेको।गुट उपगुट निर्माण गरि आफ्नो रणनीतिक योजनालाई सफल पार्नै , जोगि झै बिहान दस घर डुल्ने,रणनीतिक ढंगले महत्त्वपूर्ण ठाउँहरु कब्जा गर्दै प्रजातान्त्रिक चरित्रका प्रहरीलाई छाँयामा पार्नै।आफ्नो क्षमता नभएपनि सामाजिक संजाल र पत्रपत्रिकामा आफ्नो साथीहरुको तेजोबोध गर्नै।मेरो ३० बर्षको अनुभवमा हेर्दा तुलनात्मक रुपमा प्रजातान्त्रिक प्रहरीले भन्दा बाम प्रबृत्ति भएका प्रहरीले राम्रो ठाउँ पाएका छन् ।
प्रजातान्त्रिक चरित्रका प्रहरीलाई काबिल छैन ।दिएको जिम्मेवारी पूरा गर्नै सक्दैन भनेर आक्षेप आउँछ।
बाम चरित्रका प्रहरी काबिल , उत्कृष्ट ढंगबाट जिम्मेवारी बहन गर्नै सक्ने, उ बस्ने रहने ठाउँमा कायापलट हुन्छ भनेर भाष्य खडा गरिन्छ।
कुरा ठुला गर्नै तर भान्छेबाट आलुको पनि हिसाब राख्ने हुन्छन् । लेखक नेपाल प्रहरीका पुर्व उपरीक्षक एसपी राजेन्द्र बाबू रेग्मी