१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २६, २०८२

मेष -सन्तान, प्रेम र सिर्जनशीलता सम्बन्धी कार्यमा सफलता दिन्छ। अध्यापन, कलाकौशल वा प्रेम सम्बन्धमा उन्नति देखिन्छ। तर, भावनामा बहकिन नदिनुहोस्।शुभ: विद्यार्थी र सर्जकहरूका लागि फाइदाजनक रहेको छ ।हतारमा निर्णय नलिनुहोस्।

वृष -चतुर्थ भावको चन्द्रले घरपरिवारसँग भावनात्मक नजिकिएको दिन बनाउँछ। घरमा सौन्दर्य, सजावट, जग्गा-घरसम्बन्धी विषयमा विचार गर्न सकिने दिन हो। मानसिक अशान्तिमा ध्यान दिनुहोस्।मानसिक तनाव बढ्नेछ ।

मिथुन -तपाईंलाई ऊर्जा, आत्मविश्वास र संचार क्षमता प्रदान गर्नेछ। लेखन, मिडिया, छोटो यात्रा वा भाइबहिनीसँग सम्बन्ध सुदृढ बन्ने समय हो।बोलिचाली, यात्राको सफलता हुनेछ ।
अहंकार नराख्नुहोला ।

कर्कट -धन, बोली र पारिवारिक सुखमा केन्द्रित दिन हो। आर्थिक अवसर मिल्न सक्छ, तर खर्च नियन्त्रण गर्नुहोस्। बोलिमा मिठास ल्याउनु लाभदायी हुनेछ।खर्च र वाणीमा संयम राख्नुहोला ।

सिंह -चन्द्रमा आज तपाईंको राशिमै रहेकोले आत्मविश्वास, स्फूर्ती, निर्णय क्षमता र आकर्षणमा वृद्धि हुनेछ। आफ्नो नेतृत्व क्षमता देखाउन सकिने समय हो, तर अहंकारमा नफसिनुहोस्।मुख्य विषय: आत्मबल/व्यक्तित्व बृद्दि हुनेछ ।

कन्या -द्वादश भावको चन्द्रले खर्च, आत्मनिरीक्षण र मानसिक विश्राममा जोड दिन्छ। विदेश यात्रा वा अध्यात्मप्रतिको आकर्षण बढ्नेछ। एकान्त चाहना र निद्रा कमी हुन सक्छ।साधना, सेवा, परोपकार मन लाग्नेछ।आर्थिक र मानसिक थकान बढ्नेछ ।

तुला -एकादश भावको चन्द्रमा इच्छापूर्ति, मित्रता र लाभदायी कार्यमा सक्रियता दिनेछ। पुराना साथीबाट सहयोग, समूहको काममा सफलता मिल्नेछ। सञ्जाल विस्तारको राम्रो समय हो।नेटवर्किङ र योजनाहरू सफल हुनेछन् ।
अत्यधिक आशा गर्ने बानिले दुख दिनेछ ।

वृश्चिक -दशम चन्द्रले कर्म, व्यवसाय वा प्रतिष्ठामा केन्द्रित दिन बनाउँछ। अफिस वा व्यवसायिक स्थानमा राम्रो छाप जमाउन सकिनेछ। तर, वरिष्ठहरूसँग बोल्दा विनम्र रहनुहोला। कर्म/व्यवसायमा पदोन्नति वा जिम्मेवारी प्राप्त होला ।अभिमानले काम बिगार्न सक्छ।

धनु -नवम चन्द्रमा भाग्य, धर्म, गुरु वा शिक्षा सम्बन्धी विषयमा राम्रो सफलता मिल्ने संकेत छ। धार्मिक रुचि बढ्नेछ। यात्राको राम्रो योग देखिन्छ।अध्ययन, तीर्थयात्राको लागि शुभ समय रहेको छ ।

मकर -अष्टम चन्द्रमा अप्रत्याशित परिवर्तन, गुप्तता र नोक्सानीको संकेत दिन्छ। ऋण, दुर्घटना वा अप्ठ्यारो अवस्थाबाट बच्न सजग रहनुहोस्। गोप्य कुरा सुरक्षित राख्नुहोला।

कुम्भ -साझेदारी, वैवाहिक सम्बन्ध र सहकार्यमा केन्द्रित हुन्छ। प्रेम सम्बन्ध वा वैवाहिक जीवनमा समझदारी आवश्यक हुनेछ। व्यापारिक साझेदारी लाभदायक हुन सक्छ।

मीन – अाज स्वास्थ्य, ऋण वा प्रतिस्पर्धामा ध्यान दिनु पर्ने संकेत दिन्छ। चुनौतीहरूसँग जुझ्ने आत्मबल रहनेछ, तर शरीर थकित हुन सक्छ। पुराना समस्याबाट छुटकारा पाइनेछ। ध्यान गरेर दिनको सुरुवात् गर्नुहोस् ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!