१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

भारतको मणिपुरको विभिन्न जिल्लाहरुमा कर्फ्यु र निषेधाज्ञा जारी सुरक्षाकर्मी तैनाथ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ २६, २०८२

काठमाडौं । भारतको मणिपुरमा अशान्त बनेको छ । मैतेई जातिको स्वयंसेवक सङ्गठन ‘अरम्बाई टेंगोल–एटी’ का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले पक्राउ गरेपछि अस्ति शनिवार रातिदेखि फेरि मणिपुर अशान्त बनेको हो ।नेता कनानका समर्थकहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । धेरै मुख्य सडक बन्द भएका छन् । प्रदर्शनकारीहरुले सडकमा टायर बालेर अवरुद्ध गरेका छन् भने बसमा आगो समेत लगाएका छन् ।

उनीहरुले रातको समयमा समेत प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण हिंसा फैलिने जोखिम बढेको भन्दै सुरक्षाकर्मी परिचालन भएका छन् । कतिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको र तीन जना घाइते भएको बताइएको छ ।यसैबीच मणिपुरका पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । प्रहरीले एउटा जिल्लामा कर्फ्यु र अरू चार वटा जिल्लामा निषेधाज्ञा समेत जारी गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!