नुवाकोट ।”सावधानी अपनाऔँ – साइबर अपराधबाट बचौ” भन्ने मूल नाराका साथ सबै सामुदायीक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ तादी गाउँपालिका, नुवाकोटको आयोजना र इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटको समन्वयमा साइबर अपराधका सम्बन्धमा सचेतना दिने उद्देश्यका साथ ७ दिने प्रशिक्षण कार्यक्रम मिति २०८२।०२।१४ गते अमरज्योती मा.वि. खरानीटार देखि सुरु भई आज मितो २०८२।०२।२६ गते श्री सुन्दरा मा.वि. सातविसेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तिम दिन मिति २०८२।०२।२८ गते श्री रालुका मा.वि. मा प्रशिक्षण सम्पन्न हुने छ ।

तादी गाउँपालिकाका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षमा संचालित उक्त कार्यक्रममा तादी गा.पा. उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ ज्यू, प्रमुख प्रशासकिय अधिकृत धुब्र खनाल ज्यू, प्रहरी निरीक्षक जयन्ती थापा ज्यूको विशेष आतिथ्यतामा करिव ६५ जनाको उपस्थिति रहेको थियो ।
तादी गा.पा. अध्यक्ष श्री सन्तमान तामाङज्यूले यस कार्यक्रमले सबै विद्यार्थीहरुलाई साइबर अपराधका सम्बन्धमा सचेतना जगाउने र यसले उच्चतम प्रतिफल प्राप्त हुने कुरामा विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा तादी गा.पा. नुवाकोटका सूचना प्रविधि अधिकृत पुरुषोतम वाग्ले ज्यू, प्रहरी निरीक्षक जयन्ती थापा ज्यू, प्रहरी सहायक निरीक्षक राजेश के.सी. ज्यूले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
प्रशिक्षणको दौडानमा साइबर अपराध रोकथाम र न्यूनीकरणका उपायहरूका सम्बन्धमा साथै सकारात्मक सोचको विकास कसरी गर्ने, मनोपरामर्शका सवालमा प्रशिक्षण प्रदान गरिएको थियो ।