२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ २७, २०८२

मेष -महत्वपूर्ण कार्यहरूमा सफलता मिल्ने संकेत छन्। आत्मविश्वास बढ्नेछ। तर हतारमा निर्णय लिँदा घाटा हुन सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ। प्रेमप्रसंगमा शंका नगर्नुहोला।

वृष -आर्थिक पक्ष सन्तोषजनक रहनेछ। लामो समयदेखि रोकिएको कार्य बन्ने सम्भावना छ। घर-परिवारमा सौहार्दता कायम रहनेछ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ।

मिथुन -यात्राको सम्भावना छ, विशेष गरी वैदेशिक कार्यहरूमा लाभ मिल्नेछ। अध्ययन-अध्यापनमा सफलता मिल्ने योग छ। साथीभाइको सहयोगले उत्साह थपिनेछ। तर बिनानचाहिएको विवादमा नजाने राम्रो।

कर्कट -पारिवारिक जिम्मेवारी बढ्नेछ। आर्थिक लेनदेनमा सतर्कता आवश्यक छ। पुराना योजना कार्यान्वयनमा ल्याउने दिन हो। प्रेममा मनमुटाव देखिन सक्छ, धैर्य आवश्यक छ।

सिंह -कार्यमा उत्साह बढ्नेछ। व्यापारिक निर्णयमा लाभ मिल्नेछ। दाजुभाइ वा मित्रसँग सहयोग मिल्ने दिन हो। धार्मिक वा सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ।

कन्या -स्वास्थ्यमा सुधार आउनेछ। मन एकाग्र हुने हुँदा अध्ययन तथा अनुसन्धानमा प्रगति हुनेछ। तर साना कुरामा रिस उठ्ने सम्भावना छ। कार्यक्षेत्रमा संयमता आवश्यक छ।

तुला -साझेदारीमा लाभ मिल्नेछ। दाम्पत्य जीवनमा सुमधुरता बढ्नेछ। लगानीमा लाभ मिल्ने संकेत देखिन्छ। वैदेशिक योजना बनाउन चाहनेहरूका लागि दिन सकारात्मक रहनेछ।

वृश्चिक -काममा अवरोध आउन सक्छ, तर धैर्य र निरन्तरताले सफलता मिल्नेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। नजिकका मानिसहरूसँग छलफल गरेर अघि बढ्नु लाभदायक हुनेछ।

धनु -सामाजिक कार्यमा सम्मान प्राप्त हुन सक्छ। पुराना साथीभाइसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा प्रगति देखिन्छ। अध्ययन वा यात्राका लागि समय अनुकूल छ।

मकर -व्यवसायमा प्रतिस्पर्धा बढ्न सक्छ, तर योजनाबद्ध ढंगले काम गर्दा लाभ हुनेछ। पारिवारिक विषयमा ध्यान दिनु आवश्यक छ। मातापिताको सल्लाह लाभदायक बन्नेछ।

कुम्भ -धन लाभको अवसर मिल्नेछ। नयाँ कामको सुरुवात गर्न चाहनेहरूका लागि अनुकूल समय हो। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। तर घमण्ड वा अहंकारले हानि पुर्याउन सक्छ।

मीन -मन चञ्चल हुन सक्छ, ध्यान केन्द्रित गर्न प्रयास गर्नुहोला। घरमा धार्मिक वातावरण बन्न सक्छ। अध्ययन र सृजनात्मक कार्यमा प्रगति हुनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तुविद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]