२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रदेश प्रहरी प्रमुख डिआईजी बिकद्वारा आसरा सुधार केन्द्र फुलवारी धनगढीको निरीक्षण

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ २७, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्वर बहादुर वि.कद्वारा कैलालीको फुलवारीमा रहेको आसरा सुधार केन्द्र फुलवारीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा उहाँले सुधार केन्द्रको भौतिक संरचना, मेस, उपचारत सदस्यहरुको आवास तथा सरसफाईको अवस्थाका साथै केन्द्रबाट दैनिक रुपमा संचालन हुँदै आएको गतिविधिहरुको वारेमा जानकारी लिनु भई उपचाररत सदस्यहरुसंग अन्तरक्रिया समेत गर्नु भयो ।

साथै निरीक्षणको क्रममा आसरा सुधार केन्द्र फुलवारी, कैलालीका संरक्षक समेत रहनु भएका प्रदेश प्रहरी प्रमुख ज्यूले उपचारार्थीहरुलाई लागू औषधबाट मुक्त हुन मनै बाट प्रयास गर्न उत्प्रेरणात्मक सन्देश दिनुहुँदै लागू औषधको कुलतबाट हुन सक्ने व्यक्तिगत, परिवारिक, सामाजिक, आर्थिक समस्याका साथै अपराधिक गतिविधिलाई न्युनिकरण गर्ने उद्देश्यले दुर्व्यसनमा फसेका युवाहरुलाई उपचार तथा परामर्श प्रदान गरि समाजमा प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने सुधार केन्द्रको पवित्र लक्ष्यलाई अझ प्रभावकारी रुपमा उपलव्धिमुलक बनाउन आ-आफ्नो क्षेत्रबाट कार्य गर्न कार्यरत प्रहरी कर्मचारीहरु तथा संचालक समितिका पदाधिकारीहरुलाई सुझाव समेत दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।