२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जुम्लामा शिक्षक र विद्यार्थीलाई १४ वटा सीसी क्यामराबाट निगरानी गरिन्छ,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, जेठ २७, २०८२

जुम्ला । जुम्ला पातारासी गाउँपालिका ५ स्थित क्रणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरमा कक्ष ६ मा अध्ययनरत संगीता बुढाको पठनपाठनमा निकै सुुधार देखिएको छ । कहिले शिक्षक नआउने त कहिले अभिभावकले घरमै काममा लगाउदा स्कुल जान नपाउने समस्या झेलिरहेकी संगीता अहिले विद्यालयको पढाइप्रति सुन्तुष्ट छिन् ।

अहिले शिक्षकहरु नियमित कक्षाकोठामा आइरहन्छन् । उनी पनि नियमित स्कुल गइरहन्छिन् । पहिले भन्दा पढाइ निकै राम्रो छ । संगीताले भनिन्, ‘पढाइ राम्रो भएर होला अहिले नियमित स्कुल जान पनि मन लाग्छ ।’ पछिल्लो समयमा शिक्षक,अभिभावकहरुको शिक्षा प्रतिको चासो पनि तीब्र छ । विद्यार्थीको पढाइ प्रतिको रुची पनि उस्तै,संगीताले भनिन्, ‘अहिले पढाई राम्रो छ । संधै यस्तै पढाइहोस । यत्तिको पढाइ भए निजी विद्यालय चहार्नुपर्दैन । ’

शिक्षकहरु नियमित नजाने, विद्यार्थीहरु पढाइप्रति चासो नदिने र अभिभावकहरु पनि जिम्मेवार नहुँदा पालिका भित्रको कालोसुचीमा थियो यो विद्यालय । तर अहिले विद्यालयका क्रियाकलाप निकै रचनात्मक बनेको छ । संगीताले थपिन, ‘अहिले विद्यार्थीमा पढ्ने इच्छा तीब्र छ । शिक्षकमा राम्रो शिक्षा दिने हुटहुटी छ । अभिभावकहरु र विद्यालय व्यवस्थापन समितिमा जिल्लाकै नमुना विद्यालय बनाउने तीब्र आकांक्षा छ ।’

पहिले विद्यार्थीहरुले कक्षकोठामै मोबाइल पुर्याउथे । पढाइरहेको समयमा गीत सुन्ने, गाउने, भिडियो बनाउने र टिकटक बनाएर पोष्ट्याउने गरिरहेका थिए । हाफटाइममा त विद्यालयको खेलमैदान सुटिङ स्थल जस्तै देखिन्थ्यो । अहिले शिक्षक,अभिभावक र विद्यालय व्यवस्थापन समितिले कुनै पनि विद्यार्थीले विद्यालय भित्र मोबाइल लिन नपाउने निर्णय गरेका छन ।

कार्यालय कोठा सहितका १४ वटा कोठामा सीसी क्यामराको निगरानी छ । अफिस कोठाबाटै प्रधानाध्यापक कृष्णबहादुर बुढाले विद्यार्थी र शिक्षकको अवस्था बुझिरहन्छन् । केही कम्प्लेन देख्ने वित्तिकै बोलाएर छलफल हुने गरेको छ । जसले शिक्षक विद्यार्थीलाई अनुशासित र मर्यादित बनाइरहेको छ ।

प्रधानाध्यापक बुढाका अनुसार बिहान १० बजेदेखि दिउ“सो ४ बजेसम्म कुनै पनि विद्यार्थीले मोबाइल प्रयोग गर्न पाउने छैनन् । यदि विद्यार्थीले मोबाइल ल्याएको भेटिएमा तीन हजार रुपैया“ जरिवाना गर्ने निर्णय भएको छ । यो रकम एक साताभित्र अभिभावकले विद्यालयमा बुझाउनुपर्नेछ, अन्यथा मोबाइल लिलाम गर्ने व्यवस्था गरिएको छ,प्रधानाध्यापक बुढाले भने, ‘मोबाइलबाट आउने रकम विद्यार्थीको शैक्षिक सुधारमा खर्च गरिनेछ।’

कक्षाकोठा भित्रै मोबाइल चलाउने, विद्यालयको वाइफाइ प्रयोग गरी गेम खेल्ने जस्ता गतिविधिले पढाइमा प्रत्यक्ष असर प¥यो । अभिभावकले पनि तीब्र असन्तोष पोखे,प्रधानाध्यापक बुढाले भने,‘ अहिले विद्यार्थीले मोबाइल बोक्न पाइरहेका छैनन् । शिक्षकहरुले कक्षाकोठामा जस्तो सुकै इमरजेन्सी फोन आएपनि मोबाइल साइसेन्समा राख्नुपर्ने अवस्था छ ।’ चालु शैक्षिकसत्र देखि बालकाविकास देखि ५ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ । हरेक शुक्रबार विद्यार्थीहरू झोलारहित विद्यालयमा आउने व्यवस्था मिलाइएको छ ।

पालिका भित्रका सफल किसान, व्यवसायी, कर्मचारी, खेलाडी, डाक्टर, इन्जिनियरलगायतका पेशागत व्यक्तित्वस“ग प्रत्यक्षरुपमा साक्षत्कार गर्न पाउने व्यवस्था मिलाइएको छ । उनका अनुसार शिक्षक नियमित छन । विद्यार्थीमा पठनसंस्कृतिको विकास भएको देखिएको छ । सीसी क्यामराको जडानले झनै जिम्मेवार बनाएको छ । शिक्षाको स्तर सुधार्न शिक्षक,विद्यार्थी,अभिभावक र विद्यालय व्यवस्थापन समितिको समान सोच बनेको छ । पहिले चिट चोर्ने,मोबाइलबाट प्रश्नपत्र आउट गर्ने देखि पढाइमा रुची समेत राखेको पाइदैनथ्यो ।

अहिले क्रणमोक्ष माध्यमिक विद्यालय डिजिटल बनेको छ । विद्यालयले आइसीटीबाट शिक्षण गराइरहेको छ । हरेक शिक्षक विद्यार्थीको सीसी क्यामराबाटै निगरानी गरिदैं आएको छ ।’

प्रविधिको प्रयोग गरेर पठनपाठन गर्ने पहिलो विद्यालय समेत बनेको छ । पातारासीमा १६ वटा सामुदायिक विद्यालय छन । निम्न माध्यमिक विद्यालय ६ वटा,माध्यमिक विदालय ६ वटा र प्राथमिक विद्यालय ४ छन । ति सबै विद्यालयमा क्रणमोक्ष माबि अब्बल सावित भइसकेको छ ।

साढे ५ सय भन्दा बढि विद्यार्थी भएको विद्यालयमा अहिले विद्यार्थी थपिने क्रम बढेको छ । प्रधानाध्यापक बुढाले भने, ‘पठनपाठन निजी विद्यालय भन्दा राम्रो छ । अंग्रेजी माध्यमको पढाइ भइरहेको छ । सबैको रोजाइ सामुदायिक विद्यालय बनेको छ ।’

२०१७ सालमा स्थापना भएको सो विद्यालयका भौतिक संरचनाहरु जीर्ण भइसकेका छन । यो विद्यालय स्थापना गर्न समाजशास्त्री डोरबहादुर बिष्टको पनि निकै ठुलो योगदान छ । पातारासीमा शिक्षाको ज्योति छर्ने डोरबहादुर नै भएको बुढापाकाहरु बताइरहेका छन । जसले गर्दा पनि यो विद्यालय नमुना बन्नै पर्ने दबाव शिक्षक,अभिभावक प्रति छ ।

डोरबहादुरले २०५१ सालतिर जापानको चिवामुतुक जुनियर एण्ड सिनियर हाइस्कुल संग दीदीबहिनीको सम्बन्ध स्थापित गराइदिएका थिए । त्यो सम्बन्ध अहिले पनि कायमै छ । बिचम विद्यालयको अवस्था बिग्रदा समस्या थियो,प्रधानाध्यापक बुढाले भने, ‘यो पटक भदौ महिनामा आउने कुरा छ ।’ जापानका शिक्षक विद्यार्थीहरु डिल्लीचौरमा आइपुग्छन् । हरेक पटक आउदा एक लाख बढी रकम छोडेर जान्छन् ।

निकै पुरानो इतिहास बोकेको यो विद्यालय आधुनिक प्रर्णालीमा जान अग्रसर छ । प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षक अभिभावकलको मन जित्ने प्रयास चलिरहेको छ । पातारासी गाउ“पालिका अध्यक्ष पुर्णसिंह बोहोराले अब क्रणमोक्षा माबि डिल्लीचौरबाट जिल्लाका सबै विद्यालयले पाठ सिक्ने बेला आएको बताए ।

प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन सुरु गरेस“गै निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालय बनेको छ । विद्यालयले दिवाखाजाको मेनु बनाएको छ । स्थानीय उत्पादित खाद्य बस्तुको मात्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]