०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

एआईजी सिद्धि बिक्रम शाहद्वारा जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ २७, २०८२

बाँके । नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग नक्साल काठमाण्डौका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सिद्धि बिक्रम शाहको निर्देशन सम्बोधनको क्रममा यस जिल्ला प्रहरी कार्यालय बाँकेमा पाल्नुभई कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण, विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कार्यरत प्रहरी कार्यालयका प्रमुखहरु, सिनियर प्रहरी अधिकृत तथा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षाको अवस्था सुदृढीकरणमा प्रहरीले महत्वपुर्ण उपस्थिति जनाई प्रमाणमुखी अनुसन्धान र अभिलेख व्यवस्थापनमा जोड दिनुपर्ने बताउँदै सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न, जनमुखी प्रहरी सेवा प्रवाह गर्न र प्रत्येक प्रहरी कर्मचारीले प्रहरी आचरण तथा आचारसंहिताको अक्षरस पालना गर्न निर्देशन समेत दिनुभएको थियो ।

सो अवसरमा यस जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरज्यूले स्वागत मन्तब्य राख्नु भएको थियो भने धन्यवाद ज्ञापन गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूले प्र.अ.म.नि. ज्यूले दिनुभएको निर्देशनलाई अक्षरस पालना गरि प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!