२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

समान चेकजाँच गर्दा असई चन्दमाथि खुलेआम तस्करीहरुद्वारा दिनदहाडै कुटपिट सुरक्षामा चौनौती

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ २७, २०८२

कञ्चनपुर । बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई धीरबहादुर चन्दमाथि खुलेआम कुटपिट भएको छ। केही दिन अगाडिमात्रै चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो।

स्रोतका अनुसार सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको हो।

यो घटनाले सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ। स्रोतले दिएको जानकारी स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि हातपात गरेका थिए।

असई चन्दले सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो। विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका थिए।

घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो। उता यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डिएसपी सागर बोहराले भने प्रतिक्रिया दिँदै तस्करविरुद्ध कानूनी कारबाही गरिएको जानकारी दिए।

यस्तै उनले घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली पठाइएको पनि बताए। ‘मलको विषयमा विवाद भएको जानकारी आएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

पछिल्लोसमय स्थानीयस्तरमा खुलेआम हुने तस्करी र त्यससँग जोडिएका व्यक्तिहरूको गतिविधिले सुरक्षाकर्मी नै निशानामा पर्न थालेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।