कञ्चनपुर । नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका-८ का राहुल राना रहेका छन् ।
प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।
रानाले चेकजाँचका क्रममा केही दिनअघि असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।