१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रुपन्देही प्रहरीको ठुलो सफलता २४ लाखको कृतिम यौन खेलौना र भारतीय ट्रकसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २८, २०८२

रुपन्देही । भैरहवा अवैध रुपमा भैरहवा नाका हुँदै नेपालबाट भारततर्फ लैजान लागिएको करिब २४ लाख रुपैयाँभन्दा बढी मूल्यको कृतिम यौन खेलौना (सेक्स टोय) सहित एउटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको १ हजार ३ सय ६९ थान कृतिम यौन खेलौना रुपन्देही प्रहरीले भैरहवा भन्सार नाका नजिकै भैरहवा–परासी हुलाकी सडक खण्ड अर्न्तगत बाइपासबाट नियन्त्रणमा लिएको हो ।

उक्त कृतिम खेलौना र गाडीसहित प्रहरीले गाडी चालक र सहयोगी भारतको उतर प्रदेश बिजनौर जिल्लाको रामपुर थानाका ४५ वर्षीय नसिब अहमद रदेश र भारत उतर प्रदेश कन्नौउ जिल्ला पुर्वा गाउ मंगत खडा थाना निवासी २६ वर्षीय देबेन्दर कुमार सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले प्रहरीले बिना बिलबिजकको ति सामान अवैध रुपमा भारत लैजान खोजिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।

उनका अनुसार, पक्राउ गरिउको कृतिम यौन खेलौनाको मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । थप अनुशन्धानका लागि पक्राउ गरिएका सबै सामान, ट्रक र चालकसहितका व्यक्तिलाई राजश्व अनुशन्धान कार्यालय बुटवलमा पठाइएको डिएसपी सापकोटाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!