०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

रुपन्देही प्रहरीको ठुलो सफलता २४ लाखको कृतिम यौन खेलौना र भारतीय ट्रकसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २८, २०८२

रुपन्देही । भैरहवा अवैध रुपमा भैरहवा नाका हुँदै नेपालबाट भारततर्फ लैजान लागिएको करिब २४ लाख रुपैयाँभन्दा बढी मूल्यको कृतिम यौन खेलौना (सेक्स टोय) सहित एउटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको १ हजार ३ सय ६९ थान कृतिम यौन खेलौना रुपन्देही प्रहरीले भैरहवा भन्सार नाका नजिकै भैरहवा–परासी हुलाकी सडक खण्ड अर्न्तगत बाइपासबाट नियन्त्रणमा लिएको हो ।

उक्त कृतिम खेलौना र गाडीसहित प्रहरीले गाडी चालक र सहयोगी भारतको उतर प्रदेश बिजनौर जिल्लाको रामपुर थानाका ४५ वर्षीय नसिब अहमद रदेश र भारत उतर प्रदेश कन्नौउ जिल्ला पुर्वा गाउ मंगत खडा थाना निवासी २६ वर्षीय देबेन्दर कुमार सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले प्रहरीले बिना बिलबिजकको ति सामान अवैध रुपमा भारत लैजान खोजिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।

उनका अनुसार, पक्राउ गरिउको कृतिम यौन खेलौनाको मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । थप अनुशन्धानका लागि पक्राउ गरिएका सबै सामान, ट्रक र चालकसहितका व्यक्तिलाई राजश्व अनुशन्धान कार्यालय बुटवलमा पठाइएको डिएसपी सापकोटाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!