काठमाडौं । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीले आज मिति २०८२/०२/२८ गते बुधबारबाट सन्चालन भएको “बाढी पहिरोमा खोज तथा उद्वार अनुशिक्षण तालिम” पहिलो समूह सेक्सन – A को तालिम आज मिति २०८२/०२/२८ गते दिनको १२:१५ बजेको समयमा यस कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नेपाल पुलिस हेल्थ क्लवमा समुद्घाट्न गर्नु भयो । उक्त तालिममा ने.प्र.स.प्र. गण नम्बर १ नक्सालमा कार्यरत ( प्र.ना.नि. १, प्र.स.नि. ३, प्र.व.ह १, प्र.ह. ५, प्र.स.ह. ४ र प्र.ज. १६ ) गरी ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।