०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी भएको प्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनीको आपत्ति,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २८, २०८२

दाङ । भालुबाङ विजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट आदेश जारी हुनुका साथै पत्रकार दिलभूषण पाठकमाथि नेपाल प्रहरीको साईबर व्युरोमार्फत पक्राउ पुर्जी जारी गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानमै प्रत्याभूत गरिएको स्मरण गराउँदै महासङ्घले अदालतबाट जारी आदेश र प्रहरीबाट जारी पक्राउ पुर्जीप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।

महासङ्घ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्माले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति वा विवाद उत्पन्न भएमा त्यसको प्रारम्भिक मूल्याङ्कन तथा निरूपण गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ।” संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको भएको उल्लेख गर्दै महासङ्घले यस विषयमा पुनर्विचार हुने विश्वास पनि व्यक्त गरेको छ ।

महासङ्घको विज्ञप्तिमा प्रारम्भिक आदेशको पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुसार समायोजन हुने आशा गरिएको छ। त्यसैगरी महासङ्घले पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन नेपाल प्रहरीलाई आग्रह गर्दै प्रेस स्वतन्त्रताप्रति राज्यको प्रतिबद्धता पुनः पुष्ट गर्नुपर्नेमा जोड दिएको छ।
महासङ्घले पत्रकारको पेशागत स्वतन्त्रता, प्रेस स्वतन्त्रताको रक्षा तथा प्रेस काउन्सिल नेपालको संवैधानिक मर्यादा जोगाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । साथै सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सन्दर्भमा उत्पन्न घटनाप्रति चासो व्यक्त गर्दै आवश्यक संवैधानिक संयन्त्रको सम्मानमा जोड दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!