२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ २९, २०८२

मेष -धन लाभको योग छ, तर व्यवहारमा चतुरता अपनाउनु राम्रो हुनेछ। आत्मबल उच्च रहनेछ। वैदेशिक क्षेत्र वा प्रतियोगितामा सफलता मिल्नेछ। साझेदारीमा हतार नगर्नुहोस्।

वृष-आर्थिक निर्णय सोचेर गर्नुहोस्। दाजुभाइ वा साथीबाट सहयोग मिल्नेछ। बोलीमा सन्तुलन राख्नु उपयुक्त हुनेछ। स्वास्थ्य सामान्य नै रहनेछ।

मिथुन-आज बोलीको प्रभावबाट काम बन्न सक्छ। कामको चाप बढ्न सक्छ। कागजी काममा ध्यान पुर्याउनुहोस्। नयाँ प्रस्तावहरू आउन सक्छन्।

कर्कट-धन लाभ, विशेष गरी महिलाले फाइदा पाउने समय। परिवारमा खुसीको वातावरण रहनेछ। विदेश जाने योजना बनेको छ भने आज अनुकूल दिन हो।

सिंह-शारीरिक थकान अनुभव हुन सक्छ। घरायसी झमेला टार्न चुप लाग्नु बुद्धिमानी हुनेछ। सानो कामबाट ठूलो लाभ हुनसक्छ।

कन्या-आज चन्द्रमा तपाईंको राशिमा भएकाले भावनामा बहिन सक्ने दिन हो। निर्णय सोचविचार गरेर लिनुहोला। प्रेमसम्बन्ध वा सार्वजनिक कुरामा सतर्क रहनुहोस्।

तुला-अचानक खर्च बढ्न सक्छ। गोप्य कुरा बाहिरिन सक्छन्, ध्यान पुर्याउनुहोस्। मानसिक तनाव भए पनि ध्यान वा सान्निध्यले शान्ति मिल्नेछ।

वृश्चिक-मित्रता र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। कामको सन्दर्भमा यात्रा सफल हुनेछ। मानसम्मान बढ्ने योग छ।

धनु-आजको दिन तपाईका लागि उत्तरदायित्व बोकेको दिन हो। पारिवारिक वा प्रशासनिक काममा सफलता मिल्नेछ। उच्च पदमा बसेकाको सहयोग पाइन सक्छ।

मकर-सूर्यको दृष्टिले तपाईंको राशिमा प्रभाव परेकाले भाग्य बलियो बन्नेछ। विदेश वा धर्मतिर मन जानेछ। गुरुजनको आशीर्वाद पाइने समय हो।

कुम्भ-आज गोप्य वा अनुसन्धानको काममा प्रगति होला। मान्यजनसँग मनोमालिन्यता हुन सक्छ। खर्च र तनाव दुवै एकसाथ आउनसक्छ, धैर्य राख्नुहोस्।

मीन-साढेसातीको अन्तिम चरणमा चन्द्रमा सप्तममा भएकाले दाम्पत्य वा साझेदारीमा उतारचढाव देखिन सक्छ। विदेश जाने वा ठूला निर्णय लिने सोच बनिरहेको छ भने एकचोटि पुनः समीक्षा गर्नु उत्तम हुनेछ

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]