२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीका १३ जना एसपीहरु एसएसपीका लागि दौडधुपमा को,को छ्न, दाबेदारहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २९, २०८२

काठमाडौं । नेपाल प्रहरीका डिआइजीहरुको बढुवा तथा पदास्थपन भएसँगै एसपीहरु एसएसपी बढुवाका लागि दौडधुपमा लागेका हुन्। प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी थालेको छ।

अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएपनि उनको कारवाही नै फुकुवा भैसकेको छैन। राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेतको पाँच वर्षे कारवाही फुकुवा नभएका कारण उनको बढुवा संभावना निकै कमजोर रहेको छ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन्।

एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन्। २०७७ मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहतका कार्यालयहरुबाट रकम असुलेको आरोपमा उनी निलम्बनमा परेका थिए।  जसकारण उनी यसअघिको बढुवामा छुटेका थिए।

त्यस्तै २०५८ का टोलीहरु पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन्। यो टोलीबाट प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, दयानिधि ज्ञावली, राकेश सिंह, राजिव बस्नेत, दीपक पोखरेल, केदार खनाल, दिपेन्द्र शाही, राम प्रकाश साह, प्रविण धिताल र ज्ञानेन्द्र फुयाल पनि बढुवाको प्रतिस्पर्धी हुन्।

कार्कीलाई अघिल्लो पटक नियोजित रुपमा छुटाइएको थियो भने थापा हनी ट्रयापको काण्डमा प्रहरी निरीक्षक विनु शाहीसँग मुछिएका छन्। पोखरेललाई शक्ति केन्द्रको आडमा घर पायक पूर्वी क्षेत्रमा बसेर राज्यशक्तिको दोहोन गरेको आरोप छ।

सुनसरी मोरङ लगायतमा जिल्लामा पालैपलो विभिन्न यूनिट बिताएका पोखरेलले प्रहरी कर्मचारी, सवारी साधान तथा संगठनलाई दिनुपर्ने समय निजी जीवनलाई दिएर ड्रागन खेती गर्नमा लगाएको आरोपका कारण उनको बढुवा रोकिने संभावना रहेको छ। यो विषयमा उनले संगठनभित्र स्पष्ट पार्न सकेका छैनन्।

यस्तै भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेश काफ्ले, अमर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बिष्ट, बासुदेव खतिवडा, सुवास चन्द्र बोहरा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, विरेन्द्र शाही, जनक शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिम्ल्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धी हुन्।

तिवारीलाई धनुषा बस्दा विवादित बनेका थिए। रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकमा अहिले पनि क्रसर व्यवशायीसँग उठवस रहेको उजुरी प्रहरी प्रधानकार्यालयमा परेको छ भने पण्डित सिराहबाट आर्थिक अपचलन गरी प्रहरी प्रधान कार्यालय तानिएका अधिकृत हुन्।

यस्तै प्रकाश रानाभाट समेत विवादित प्रहरी अधिकृत हुन्। उनी पनि जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा आर्थिक विवादमा तानिएका थिए। कमजोर कमाण्डिङ क्षमताका उनी पनि अहिले एसएसपी बढुवाको लागि चर्को लबिङ गरिरहेका छन्।

यस्तै प्रविण धिताल, राकेश सिंह र केदार खनाल समेत कमजोर प्रहरी अधिकृत हुन्। कमजोर कार्यक्षमताकै क्षमताका कारण धिताल सर्लाहीबाट ४ महिनामै तानिएका थिए। सिंह पनि धादिङ बस्दा आर्थिक विवादमा मुछिएका थिए।

त्यस्तै खनाल समेत गोरखा बस्दा विवादमा तानिएका थिए। सुपको नाता लगाएर चक्रराज जोशी र जनक शाही पनि बढुवाको लागि दौडधुप गरिरहेका छन्। जोशी र खड्का त यसअघि नै बढुवाको लागि भन्दै विदा लिएर मन्त्रालयमा आएका थिए।

कर्मचारी प्रशासनमा रहेका योगेन्द्र थापा नजानिँदो पाराले बढुवाको कलष्टरमा बसिसकेका छन् । उनी यसअघि नै बढुवाका लागि दौडधुप गरिरहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]