१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

काठमाडौं मेयर बालेन्द्र साह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा युबराज सफलद्वारा उजुरी

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, जेठ २९, २०८२

काठमाडौं । बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। सफलले पत्रमा आफू ‘एक देशभक्त नागरिक’ भनेर उल्लेख गरेका छन्।

‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैया मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ सफलको उजुरीमा भनिएको छ, ‘विशेषत सो लिफ्ट मेयर बालेन्द्र साहकै लागि जडान गरिएको पनि महानगरपालिका स्रोतले जनाएको छ।’

आफूले नयाँ लिफ्ट जडान गरेकोप्रति विरोध गरेको नभई जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को अनुसार बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा अपारदर्शी खरिद गरेर अनियमितता गरेकाले आपत्ति रहेको सफलले पत्रमा उल्लेख गरेका छन्।

‘सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आव्हान गर्नुपर्ने कुरा अनिवार्य नै हो। अतः तत्काल काठमाडौं महानगरपालिकाले जोडेको नयाँ लिफ्ट जडान सम्बन्धी टेन्डर बोलपत्र लगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण सो निर्माण स्वीकृत गर्दाका सम्पुर्ण फाइल भुक्तानी विवरण बिल भौचर लगायतका कागजात समेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवम् भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानविन गरी आवश्यक कारवाही गर्नुहुन प्रस्तुत उजुरी पेश गरेको छु,’ सफलले पत्रमा लेखेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!