धनगढी । कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो।
गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्। दुवैलाई गोली लागेको छ। घाइते उनीहरुलाई अहिले अस्पताल लगिएको प्रहरीले जानकारी दियो।
कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो।