काठमाडौँ। चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक भएपछि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सकिएसँगै काठमाडौँ जिल्ला अदालतबाट आजै आदेश आउने भनिएको छ। तर, आदेशमा ढिलाइ भएपछि अदालत परिसरमा नाराबाजीको स्थिति देखिएको छ।
न्यायाधीश ध्रुवराज कार्की आदेश लेखनमा रहेका बेला, प्रतिवादीहरू अदालतको इजलासबाहिर बसिरहेका छन्। बिहीबार राति साढे ११ बजेसम्म आदेश नआएपछि प्रसाईँ समर्थकहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
अदालत परिसरमा उपस्थित प्रहरी प्रशासनले माइकमार्फत संयमित रहन आग्रह गरेको छ ।
तीनकुने घटनालाई लिएर सार्वजनिक चासो बढिरहेका बेला अदालतको आदेश के आउँछ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ।