२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

संसद्को अवरोध हटाउन कांग्रेस,एमाले र माओवादीबिचको २ बुँदे सहमति रास्वपाले अस्वीकार गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

 

काठमाडौं । पहिलो कुरा व्यक्ति विशेषलाई इङ्गित गरेर हामीले हाम्रा माग राखेका होइनौँ । दोस्रो कुरा अध्यागमनसम्बन्धी प्रकरणमा भिजिट भिसाका सवालमा लामो समयदेखि जे भइरहेको रहेछ । जुन हामी वा राज्यले थाहा पाएपछि त्यसको समाधान हुनेगरी सरकारले काम गर्नैपर्छ । यो देशमा रोजगारी नपाएर भिजिट भिसाका नाममा विभिन्न देशमा गएर घरपरिवार चलाउनुपर्ने मानिसहरूलाई यो तहमा रकम उठाउने, तस्करी गर्ने र मानिस बेचबिखन गर्ने काममा म्यानपावर कम्पनीदेखि विभिन्न संस्थाहरू जोडिने त्यसमा पनि गृह मन्त्रलाय अन्तर्गतको अध्यागमन कार्यालय संलग्न हुने काम राम्रो होइन । यस्तो गम्भीर विषयलाई हेरेर एउटा उच्चस्तरीय छानबिन समिति बनाऔँ भन्ने रास्वपाको माग हो ।
भनेपछि रास्वपाले कस्तो छानबिन समिति बनाउने भन्ने स्पस्टतामात्रै खोजेको हो अब ?

हाम्रो भनाइ छानबिन समिति बनाउने हो भने पहिला छानबिन समिति बनाउने टाक्ससहित एउटा अर्को समिति बनाऔँ । एक दुई दिनमा त्यो बनेपछि त्यसले घटनाको बृहत्तर छानबिन र अध्ययन गर्नलाई उच्चस्तरीय समिति गठन गरौँ भन्ने हो । जसले नीतिगत कुरा पनि हेरोस्,भ्रष्टाचारजन्य कुरा पनि हेरोस्, मानव बेचबिखन, तस्करी पनि हेरोस् । यसमा त देशी विदेशीको धेरै ठुलो खेल छ ।  त्यसैले त्यो खालको छानबिन समिति बनाउने सरकारले प्रतिबद्धता गर्छ भने सदन खुलाउने हाम्रो मत हो । तर, त्यसो नगरी संसद् खुलाउने नाममा अगाडि बढ्न खोजिँदै छ यसले न्याय गर्दैन । हामीले लामो समयदेखि भ्रष्टाचारका विरुद्धमा र सुशासनका पक्षमा अघि बढ्छौ भनेका छौ । सरकारलाई त यो अवसर पनि हो । राजनीतिक पार्टीहरू साँच्चै नीतिगत र संरचनागत बेथिति हटाउन तयार हुनैपर्छ ।

गृहमन्त्रीको राजीनामाको मागबाट रास्वपा पछि हट्यो । तर छानबिन समितिको मोडलमा कुरा नमिलेपछि तीन दलको सहमतिलाई स्वीकार गर्न सकेन भनेर बुझ्ने ?

तीन दलले ल्याएको प्रस्ताव सहमति हुनेखालको नै छैन । यत्रो घटनामा गृहमन्त्रीको सचिवालय र अध्यागमन जोडिएपछि र समिति बनेपछि गृहमन्त्री त्यहाँ बसिरहन मिल्छ र ? मिल्दैन । उहाँले समिति बनेपछि मार्ग प्रशस्त गर्नपर्छ । कानुन जानेको गृहमन्त्री समेत भएकाले मागबाट पछि हट्यो रास्वपा भनेर विवादमा ल्याउनलाई यस्ता कुराहरू ल्याएको हो । गृहमन्त्रीको राजीनामा ठुलो होइन, समिति बन्ने बित्तिकै राजीनामा स्वाभाविक कुरा हुने हो ।

माओवादी र नेकपा एकीकृत समाजवादी समेत कांग्रेस एमालेको प्रस्ताव मान्न तयार भएपछि त अव रास्वपामात्र यो अडानमा रहेको देखियो, यसले त संसद‍्मा रास्वपा एक्लिने देखियो नि ?

अहिले नै रास्वपा एक्लियो भन्न मिल्दैन । हामी छलफलमै छौ । आज पनि छलफल हुँदैछ । हामी एक ठाउँमा रहने-नरहने भन्दा पनि समस्या समाधान गर्ने प्रमुख कुरा हो

जनताले न्याय पाउने कुरा प्रधान हो । भ्रष्टाचार नगर्ने कुरा प्रधान हो । सुशासन कायम हुने कुरा प्रधान भएकाले हामीले यो प्रयत्न गरेका हौ । त्यसकारण अहिले नै रास्वपा एक्लियो भन्ने होइन र आज बस्ने बैठक पछिमात्र विपक्षी दलहरू को कहाँ भन्ने प्रस्ट हुन्छ ।

रास्वपा अव अझै लचक हुने ठाउँ छ कि छैन त ?

अहिलेलाई छैन ।

अब संसद‍्मा प्रमुख तीन दल एकातिर भएपछि रास्वपा एक्लै भएपनि भिड्छ ?

हाम्रो आन्दोलन जारी रहन्छ, लड्ने भिड्ने शब्द प्रयोग गर्दैनौँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!