२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

संसद्को अवरोध हटाउन कांग्रेस,एमाले र माओवादीबिचको २ बुँदे सहमति रास्वपाले अस्वीकार गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

 

काठमाडौं । पहिलो कुरा व्यक्ति विशेषलाई इङ्गित गरेर हामीले हाम्रा माग राखेका होइनौँ । दोस्रो कुरा अध्यागमनसम्बन्धी प्रकरणमा भिजिट भिसाका सवालमा लामो समयदेखि जे भइरहेको रहेछ । जुन हामी वा राज्यले थाहा पाएपछि त्यसको समाधान हुनेगरी सरकारले काम गर्नैपर्छ । यो देशमा रोजगारी नपाएर भिजिट भिसाका नाममा विभिन्न देशमा गएर घरपरिवार चलाउनुपर्ने मानिसहरूलाई यो तहमा रकम उठाउने, तस्करी गर्ने र मानिस बेचबिखन गर्ने काममा म्यानपावर कम्पनीदेखि विभिन्न संस्थाहरू जोडिने त्यसमा पनि गृह मन्त्रलाय अन्तर्गतको अध्यागमन कार्यालय संलग्न हुने काम राम्रो होइन । यस्तो गम्भीर विषयलाई हेरेर एउटा उच्चस्तरीय छानबिन समिति बनाऔँ भन्ने रास्वपाको माग हो ।
भनेपछि रास्वपाले कस्तो छानबिन समिति बनाउने भन्ने स्पस्टतामात्रै खोजेको हो अब ?

हाम्रो भनाइ छानबिन समिति बनाउने हो भने पहिला छानबिन समिति बनाउने टाक्ससहित एउटा अर्को समिति बनाऔँ । एक दुई दिनमा त्यो बनेपछि त्यसले घटनाको बृहत्तर छानबिन र अध्ययन गर्नलाई उच्चस्तरीय समिति गठन गरौँ भन्ने हो । जसले नीतिगत कुरा पनि हेरोस्,भ्रष्टाचारजन्य कुरा पनि हेरोस्, मानव बेचबिखन, तस्करी पनि हेरोस् । यसमा त देशी विदेशीको धेरै ठुलो खेल छ ।  त्यसैले त्यो खालको छानबिन समिति बनाउने सरकारले प्रतिबद्धता गर्छ भने सदन खुलाउने हाम्रो मत हो । तर, त्यसो नगरी संसद् खुलाउने नाममा अगाडि बढ्न खोजिँदै छ यसले न्याय गर्दैन । हामीले लामो समयदेखि भ्रष्टाचारका विरुद्धमा र सुशासनका पक्षमा अघि बढ्छौ भनेका छौ । सरकारलाई त यो अवसर पनि हो । राजनीतिक पार्टीहरू साँच्चै नीतिगत र संरचनागत बेथिति हटाउन तयार हुनैपर्छ ।

गृहमन्त्रीको राजीनामाको मागबाट रास्वपा पछि हट्यो । तर छानबिन समितिको मोडलमा कुरा नमिलेपछि तीन दलको सहमतिलाई स्वीकार गर्न सकेन भनेर बुझ्ने ?

तीन दलले ल्याएको प्रस्ताव सहमति हुनेखालको नै छैन । यत्रो घटनामा गृहमन्त्रीको सचिवालय र अध्यागमन जोडिएपछि र समिति बनेपछि गृहमन्त्री त्यहाँ बसिरहन मिल्छ र ? मिल्दैन । उहाँले समिति बनेपछि मार्ग प्रशस्त गर्नपर्छ । कानुन जानेको गृहमन्त्री समेत भएकाले मागबाट पछि हट्यो रास्वपा भनेर विवादमा ल्याउनलाई यस्ता कुराहरू ल्याएको हो । गृहमन्त्रीको राजीनामा ठुलो होइन, समिति बन्ने बित्तिकै राजीनामा स्वाभाविक कुरा हुने हो ।

माओवादी र नेकपा एकीकृत समाजवादी समेत कांग्रेस एमालेको प्रस्ताव मान्न तयार भएपछि त अव रास्वपामात्र यो अडानमा रहेको देखियो, यसले त संसद‍्मा रास्वपा एक्लिने देखियो नि ?

अहिले नै रास्वपा एक्लियो भन्न मिल्दैन । हामी छलफलमै छौ । आज पनि छलफल हुँदैछ । हामी एक ठाउँमा रहने-नरहने भन्दा पनि समस्या समाधान गर्ने प्रमुख कुरा हो

जनताले न्याय पाउने कुरा प्रधान हो । भ्रष्टाचार नगर्ने कुरा प्रधान हो । सुशासन कायम हुने कुरा प्रधान भएकाले हामीले यो प्रयत्न गरेका हौ । त्यसकारण अहिले नै रास्वपा एक्लियो भन्ने होइन र आज बस्ने बैठक पछिमात्र विपक्षी दलहरू को कहाँ भन्ने प्रस्ट हुन्छ ।

रास्वपा अव अझै लचक हुने ठाउँ छ कि छैन त ?

अहिलेलाई छैन ।

अब संसद‍्मा प्रमुख तीन दल एकातिर भएपछि रास्वपा एक्लै भएपनि भिड्छ ?

हाम्रो आन्दोलन जारी रहन्छ, लड्ने भिड्ने शब्द प्रयोग गर्दैनौँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]