२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

(रास्वपा) ले प्रतिनिधि सभामा अवरोध निरंतरता जारी राख्ने, सह-प्रवक्ता मनिष झा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

काठमाडौं । सत्तारुढ कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा रास्वपाले असहमति जनाएको हो।

रास्वपा सह–प्रवक्ता मनिष झाले तीन दलबीच भएको सहमतिले समस्याको समाधान नदिने बताए। माओवादीले आफूहरुलाई समेत दुई बुँदे सहमति मान्न भने पनि आफूहरु तयार नभएको उनको भनाइ थियो।

तीन दलबीच भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने भनिएको सहमतिअनुसार गृह मन्त्रालयका कुनै सहसचिवको नेतृत्वमा समिति बन्न सक्ने आशंका आफूहरुलाई रहेको झाले उल्लेख गरे।

‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो। तर, उहाँहरुले गरेको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौँ’, झाले भने, ‘उहाँहरुले छानबिन समिति बनाउने भन्नुभएको छ। त्यो समिति गृह मन्त्रालयका कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ। त्यसले समस्याको कुनै समाधान गर्दैन।’

उनले भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करीबारे छानबिन हुने विश्वसनीय आधार तयार नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए।

झाले आफूहरुलाई छाडेर प्रमुख दुई सत्तारुढ घटकसँग सहमति गरेको माओवादीसँग तत्कालका लागि रास्वपाको ‘पारपाचुके’ भए पनि मायाप्रीति भने कायमै रहने प्रतिक्रिया दिए।

‘माओवादीसँग मायाप्रीति जारी रहने गरी अहिलेलाई पारपाचुके भएका छौँ’, झाले भने,‘ १८/२० दिन हामीसहितको विपक्षी मोर्चाको नेतृत्व गर्नुभएकोमा प्रचण्डजीस्लाई धनवाद दिन चाहन्छौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।