०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

सशस्त्र प्रहरीले भन्सार चेकजाँचको क्रममा श्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

पर्सा । वीरगन्ज महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बारा, प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्तालाई सशस्त्रले नियन्त्रणमा लिएको हो ।

भारतको रक्सौल नाकाबाट फरक फरक मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट फौजले जाँच गर्दा उनीहरुको साथमा फेला परेको १८ लाख रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएका छन् ।

नियन्त्रणमा लिईएका मध्ये बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाईकलमा सवार राहुलकुमार तिवारीको साथमा १३ लाख रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाईकलमा सवार कौशल कुमार गुप्ताको साथमा ५ लाख नेपाली रुपैयाँ फेला परेको हो ।

बरामद रुपैयाँमा १ हजार दरको १ हजार ८२ वटा र पाँच दरको १ हजार ४ सय ३६ नोट रहेको छ । रकमको प्रयोजन खुलेको छैन ।

उनीहरूलाई थप कारवाहीका निम्ति सशस्त्रले भन्सार कार्यालयलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!