२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शनिबारको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ ३१, २०८२

मेष -दैनिक कार्यमा आत्मविश्वास बढ्नेछ। वैदेशिक सम्पर्क वा कागजी काममा सफलता मिल्न सक्छ। तर आक्रोशमा काम बिगार्ने सम्भावना भएकाले विवादबाट टाढा रहनु राम्रो। सवारीसाधन चलाउँदा सजग रहनुहोस्।

वृष-बृहस्पति अस्तको प्रभावले गुरुजन, अभिभावक वा वरिष्ठसँग मतभेद देखिन सक्छ। तर घर–परिवारमा आपसी समझदारी बढ्नेछ। फाटेका सम्बन्धहरू सुधार्ने अवसर पाउनुहुनेछ। धार्मिक वा दान पुण्य कार्यमा मन जानेछ ।

मिथुन-व्यापारिक यात्रामा सफलता मिल्ने सम्भावना बलियो छ। संचार, लेखन वा अनलाइन काममा उत्साहजनक प्रगति हुनेछ। यद्यपि खर्च बढ्न सक्छ, विवेकपूर्वक आर्थिक निर्णय गर्नुहोला।

कर्कट-काममा दवाब, घरमा उल्झन — मनले बिथोलिएजस्तो लाग्न सक्छ। अंगारक योगको प्रभावले अनावश्यक तनाव बढ्न सक्छ, ध्यान वा मौन अभ्यास उपयुक्त हुन्छ। साझतिर स्थिति सहज बन्नेछ।

सिंह-मंगल–केतुको अंगारक योग तपाईंको राशिमा भएकाले क्रोध, जिद्दी र विवादबाट टाढा रहनु आवश्यक छ। आत्मनिरीक्षणको समय हो। परिश्रम गर्दा सफलता पक्कै मिल्नेछ, तर हतार नगर्नुहोस्।

कन्या-विवादमा तानिने सम्भावना देखिन्छ, विशेषतः गुप्त शत्रु र छिपिएका समस्याहरू। नयाँ योजना तयार पार्न मन लाग्नेछ, तर तत्काल कार्यान्वयन नगर्नुहोस्। योग, साधना वा ध्यान उपयुक्त हुनेछ।

तुला-सहयोगी वा साथीहरूसँग सहकार्य बढ्नेछ। सामाजिक कार्य वा मञ्चमा बोल्न पाउनुहोला। मनोबल बढाउने समाचार पनि पाइने सम्भावना। पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ।

वृश्चिक-पेसागत जीवनमा चिन्ताजनक स्थिति आउन सक्छ। उच्चपदस्थ वा सरकारी काममा ढिलाइ हुन सक्छ। आत्मविश्वास कम हुँदा निर्णय चुक हुनसक्छ। संयमता अपनाउनु होला।

धनु-बाह्य यात्रा वा धार्मिक यात्राको सम्भावना प्रबल छ। गुरु ग्रह अस्त भए पनि शुभ कर्ममा लागेको ऊर्जा राम्रो फल दिनेछ। अध्ययन, लेखन र प्रशिक्षणका लागि दिन राम्रो।

मकर-दैनिक जीवनमा गहिरो भावनात्मक परिवर्तन देखिन सक्छ। मृत्युभाव, ऋण वा स्वास्थ्यसम्बन्धी विषयमा सजग रहनुहोस्। तर, यसै समयमा अध्यात्म र गम्भीर चिन्तनमा पनि चासो बढ्नेछ।

कुम्भ-पार्टनर वा जीवनसाथीसँग सम्बन्ध प्रगाढ बन्नेछ। यद्यपि शनि वक्री भएकाले निर्णय ढिलो हुन सक्छ। सन्तुलन कायम राख्न सक्नुभयो भने आजकाे दिन दीर्घकालीन लाभदायी बन्नेछ।

मीन-स्वास्थ्यमा सुधार आउनेछ। छोटो दूरीको यात्रा सफल हुनेछ। दैनिकीमा चंचलता आउन सक्छ, तर ऊर्जा र क्षमताको उपयोग गरेमा ठूला लक्ष्य तय गर्न सकिनेछ। नयाँ सहयोगी पाइने छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]