२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अत्यधिक गर्मीका कारण असार १ गतेदेखि असार ६ गते शुक्रबारसम्मका लागि बन्द

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ ३१, २०८२

पर्सा । वीरगञ्ज महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू (मोन्टेश्वरी र पूर्व प्राथमिक तहसमेत) अत्यधिक गर्मीका कारण मिति २०८२ असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्मका लागि बन्द गरिएका छन्।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको सूचना सार्वजनिक गरेको हो। विदा वर्षे सट्टे विदाबाट मिलान गरिने जनाएको छ।

सूचनामा विद्यालय प्रशासन भने नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरिएको छ। बन्दको अवधिमा विद्यालयको प्रशासनिक कार्य सन्चालनमा कुनै अवरोध नआउने गरी व्यवस्थापन गर्न भनिएको छ।

उक्त सूचना प्रमुख शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेका हुन्। सूचना वीरगञ्ज महानगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवाला निकायहरूलाई बोधार्थ पठाइएको छ।

महानगरपालिकाले सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई सहजीकरणका लागि समयमै जानकारी लिन र आवश्यक तयारी गर्न अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।