
काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय उपाध्यक्ष अर्चना सिंहको समेत सहभागिता रहेको छ । कार्यक्रममा नेपाल र भारतका विभिन्न प्रदेशहरूबाट ७ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ, जसमा समाजसेवी, राजनीतिक विश्लेषक, विद्यार्थी प्रतिनिधि, उद्यमी तथा नागरिक समाजका अगुवा व्यक्तित्वहरू समावेश छन्। बैठकमा दुई देशबीचको बहुआयामिक सम्बन्ध—सांस्कृतिक, आर्थिक, शैक्षिक तथा सीमावर्ती सहकार्य—बारे व्यापक छलफल हुने जनाइएको छ।
अध्यक्ष अनुप कुमार सिंहले उद्घाटन मन्तव्यमा भने,
“नेपाल र भारतको सम्बन्ध केवल भौगोलिक मात्र होइन, भावनात्मक, ऐतिहासिक र सांस्कृतिक गहिराइमा आधारित छ। यस बैठकमार्फत हामी युवालाई नेतृत्वमा ल्याउँदै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने योजनामा छौं।”
बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा साझा परियोजनाहरू अगाडि बढाउने, शिक्षा र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, र आपसी भ्रमण तथा सांस्कृतिक आदान प्रदान बढाउने विषयमा ठोस प्रस्तावहरू अघि सारिनेछ।
बैठक दुई दिनसम्म सञ्चालन हुने छ र अन्तिम दिन संयुक्त घोषणापत्र जारी गरिने बताइए को छ, जसमा भविष्यका रणनीति, कार्यक्रम र कार्ययोजनाहरू समावेश हुनेछन्। नेपाल–भारत मैत्री संगठनको स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको मा भएको हो।हालसम्म २ वटा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेका छन्।
संगठनले सीमा क्षेत्रमा १० भन्दा बढी स्वास्थ्य शिविर, १२ शैक्षिक सहयोग कार्यक्रम, र ५ संयुक्त सांस्कृतिक महोत्सव आयोजना गरिसकेको छ।
बैठकको संयोजन काठमाडौँ महानगर समितिले गरेको हो भने सहयोगी संस्थाका रूपमा विभिन्न सामाजिक संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको छ। कार्यक्रममा विभिन्न प्रदेशका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय समितिका सदस्यहरु र नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय कमिटीका महासचिव समा थापाको समेत उपस्थिति रहेको छ रहेको छ ।