१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपालभारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति बैठक काठमाडौँमा सुरु,अध्यक्ष अनुप कुमार सिंहद्वारा उद्घाटन,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ ३१, २०८२

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय उपाध्यक्ष अर्चना सिंहको समेत सहभागिता रहेको छ । कार्यक्रममा नेपाल र भारतका विभिन्न प्रदेशहरूबाट ७ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ, जसमा समाजसेवी, राजनीतिक विश्लेषक, विद्यार्थी प्रतिनिधि, उद्यमी तथा नागरिक समाजका अगुवा व्यक्तित्वहरू समावेश छन्। बैठकमा दुई देशबीचको बहुआयामिक सम्बन्ध—सांस्कृतिक, आर्थिक, शैक्षिक तथा सीमावर्ती सहकार्य—बारे व्यापक छलफल हुने जनाइएको छ।

अध्यक्ष अनुप कुमार सिंहले उद्घाटन मन्तव्यमा भने,

“नेपाल र भारतको सम्बन्ध केवल भौगोलिक मात्र होइन, भावनात्मक, ऐतिहासिक र सांस्कृतिक गहिराइमा आधारित छ। यस बैठकमार्फत हामी युवालाई नेतृत्वमा ल्याउँदै सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने योजनामा छौं।”

बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा साझा परियोजनाहरू अगाडि बढाउने, शिक्षा र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, र आपसी भ्रमण तथा सांस्कृतिक आदान प्रदान बढाउने विषयमा ठोस प्रस्तावहरू अघि सारिनेछ।

बैठक दुई दिनसम्म सञ्चालन हुने छ र अन्तिम दिन संयुक्त घोषणापत्र जारी गरिने बताइए को छ, जसमा भविष्यका रणनीति, कार्यक्रम र कार्ययोजनाहरू समावेश हुनेछन्। नेपाल–भारत मैत्री संगठनको स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको मा भएको हो।हालसम्म २ वटा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेका छन्।

संगठनले सीमा क्षेत्रमा १० भन्दा बढी स्वास्थ्य शिविर, १२ शैक्षिक सहयोग कार्यक्रम, र ५ संयुक्त सांस्कृतिक महोत्सव आयोजना गरिसकेको छ।

बैठकको संयोजन काठमाडौँ महानगर समितिले गरेको हो भने सहयोगी संस्थाका रूपमा विभिन्न सामाजिक संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको छ। कार्यक्रममा विभिन्न प्रदेशका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय समितिका सदस्यहरु र नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय कमिटीका महासचिव समा थापाको समेत उपस्थिति रहेको छ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!