२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बेलायती नौसेनाको फाइटर जेट एफ–३५ ले भारतमा आकस्मिक अवतरण गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०१, २०८२

काठमाडौं । भारत विमानको इन्धन कम भएपछि समुदमा अवस्था अस्थीर भएकोले तिरुवनंतपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ विमानले आकस्मिक अवतरण गरेको थियो ।

विमानको आकस्मिक अवतरणलाई सहज र सुरक्षित बनाउन विमानस्थलका अधिकारीहरूले आपत्कालको घोषणा गरेका थिए । विमान अहिले पनि विमानस्थलमै छ । विमानमा इन्धन भर्ने काम भइसकेको बताइएको छ ।

भारतीय अधिकारीहरूबाट आवश्यक अनुमति पाएपछि विमान पुनः उड्ने बताइएको छ । घटनाबारे अरू धेरै जानकारी आउन बाँकी छ । विमानले शनिबार राति ९ः३० बजेतिर सुरक्षित अवतरण गरेको विमानस्थलका अधिकारीले भनेका छन् ।

विमान बेलायतको क्यारियर स्ट्राइक ग्रुपको सहायक कम्पनी एचएमएस प्रिन्स अफ वेल्सको थियो । यही हप्ता भारतीय जलसेना र बेलायतको क्यारियर स्ट्राइक ग्रुपले पश्चिम अरब सागरमा संयुक्त अभ्यास गरेका थिए ।

तिरुवनंतपुरम केरलामा रहेको चार अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]