०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं युवा समाजसेवि सविन प्रियासनको उपन्यास (कडी) विमोचन

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ ०१, २०८२

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको उपन्यास ‘कडी’ विमोचन गरिएको छ । वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव, अन्तरजातीय प्रेम, सामाजिक विषयसँगै घोराहीको विषयवस्तुलाई समेटेर लेखिएको उपन्यास ‘कडी’ को शनिवार विमोचन गरिएको हो ।

पत्रकार तथा साहित्यकार प्रियासनको यो ११औँ उपन्यास तथा १३औँ साहित्यिक कृति हो । ‘कडी’ उपन्यासले वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव, अन्तरजातीय प्रेम, राजनीतिक, सामाजिक विषयसँगै दाङको घोराही क्षेत्रलाई साहित्यका माध्यमबाट चित्रण गरिएको उपन्यासका लेखक प्रियासनले बताए ।

प्रियासनका रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, एयरहोस्टेजलगायतका उपन्यास प्रकाशित छन् । उपन्यास ‘कडी’ को विमोचन वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेल, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटालगायतका अतिथिले विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि शर्माले उपन्यासले उठाएका विषयवस्तुको प्रशंसा गर्दै समाज रुपान्तरणका लागि राजनीतिक नेतृत्व गम्भीर हुनु पर्ने बताए । कृतिले घोराहीको भौगोलिक र सामाजिक परिवेशलाई केन्द्रमा राखेर सिर्जना गरिएको भन्दै नेपाली साहित्य, भाषाको विकाससँगै समाजको विकासका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

साहित्यका माध्यमबाट सामाज परिवर्तनका लागि खवरदारी आवश्यक रहेको भन्दै प्रमुख अतिथि शर्माले भने,‘साहित्य परिवर्तनका पक्षमा लेखिनुपर्छ । जनताका आवाजलाई बोल्नुपर्छ, त्यसको अर्थ रहन्छ ।’ कार्यक्रममा बोल्ने बक्ताहरुले उपन्यास अत्यन्त सरल भाषाशैली र विषयवस्तुलाई गम्भीर रूपमा चित्रण गरेको बताएका थिए ।

सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षमा भएको उपन्यास बिमोचन कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, नेकपा दाङका जिल्ला इन्चार्ज सविन सी, अध्ययन मञ्च दाङका संयोजक सूर्य विसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!