कैलाली । धनगढी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्वर बहादुर वि.क. ज्यूले नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, छात्रावास, भान्छा, कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला लगायतका संरचनाहरुको अवलोकन गर्नुभयो ।
निरीक्षण भ्रमणको क्रममा स्कुलका समादेशक तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा बिद्यार्थीहरुको सर्वाङ्गिण बिकास र यस स्कुलको मुलभूत उद्देश्य रहेको कुरा उल्लेख गर्दै उनीहरुको रेखदेख, व्यवस्थापन तथा सुरक्षामा कुनै कसर वाँकी नराखी दत्तचित्त भएर लागी पर्न र बिद्यार्थीहरुको शान्त र शौहाद्रपुर्ण पारिवारिक वातावरणमा अध्ययन गर्न पाउने अधिकारको शुनिश्चितता गर्न समेत निर्देशन दिनुभयो ।
निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख ज्यूले बिद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै सोहार्दपुर्ण वातावरणमा अध्यापन गराउन अनुरोध गर्नुभयो ।