०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

आजको मौसम मेघगर्जन र चट्याङसहित वर्षा हुने, मौसम पूर्वानुमान महाशाखा

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ०२, २०८२

 

काठमाडौं । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहनुका साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ । अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण […]

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

error: Content is protected !!