१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

दाङ प्रहरीले एक महिनाको अवधिमा एकसय ३७ वटा मुद्दाहरु दर्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०२, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी युनिटमा जेठ महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ३७ वटा उजुरी परेका हुन् ।

प्रहरीमा दर्ता भएका मुद्दामध्ये ४३ वटा फस्र्योट भएका छन् भने सात वटा मुद्दा बाँकी रहेका छन् । उक्त मुद्दामा एक सय एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीमा दर्ता भएका मुद्दामा आत्महत्याका ३३, अभद्र व्यवहारका १७, भवितव्य ज्यान र चोरीका समान १३÷१३, विष सेवन गरेर आत्महत्याका नौ, लागूऔषधका छ, ठगी, जुवासम्बन्धी समान तीन÷तीन वटा, ज्यान मार्ने दुईवटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

लागूऔषध दुव्र्यसनीसँगै आत्महत्याका घट्ना रोकथामका लागि प्रहरीले सचेतनामूलक कार्यक्रम नियमित रूपमा गरे पनि घट्ना न्यूनीकरण हुन नसकेको उनले बताए । प्रहरी नायव उपरीक्षक शाहका अनुसार जेठ महिनामा महिला तथा बालबालिका सम्बन्धी प्रहरीमा ५९ वटा ठाडो उजुरी परेका छन् । जसमध्ये ५२ वटामा दुवै पक्षलाई छलफल गराउँदा सहमति कायम गराइएको र सातवटा उजुरी बाँकी रहेको बताएका थिए ।

यसैगरी प्रहरीले जेठ महिनामा १७ केजी दुई ४९ ग्राम गाँजा, ५३ ग्राम चरेस, छ ग्राम सात सय ९० मिलिग्रामसहित ११ जनलाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानको काम भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले जेठ महिनामा देउखुरीका राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकाका विभिन्न ठाउँमा करिब दुई बिघा १८ कट्ठा क्षेत्रमा उम्रिएको गाजाका करिब आठ हजार आठ सय ४० बोट नष्ट गरेको छ ।

जिल्लामा जेठ महिनामा हराएका ९१ जनामध्ये ३३ जना नभेटिएको प्रहरीले जनाएको छ । हराएका ९१ जनामध्ये ५८ जना सम्बन्धित परिवार वा प्रहरीको सम्पर्कमा आए पनि ३३ जना सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कले जनाएको छ । सम्पर्क नहुँदा प्रहरीमा निवेदन दिने तर हराएको व्यक्ति सम्पर्कमा आइसकेपछि प्रहरीलाई जानकारी नगराउँदा प्रहरीमा हराएको तथ्याङ्क धेरै देखिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार हराएका व्यक्तिहरूको अवस्था पहिचानका लागि प्रहरीले खोजीसँगै परिवारसँग सम्पर्क गरिरहने गरेको बताए । प्रहरी उपरीक्षक तिमिल्सनाले जिल्लामा प्लस टु पास गरेर बिनालाइसेन्स मोटरसाइकल चलाउने प्रचलन अत्यन्त बढेको भन्दै यसलाई निरुत्साहित गर्न आवश्यक रहेको बताए । बिनालाइसेन्स सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढाउने गरेको भन्दै त्यसलाई रोक्न सचेतना आवश्यक रहेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!