२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जिल्ला प्रहरी परिसर काठमाडौंले सिलिन्डर भित्र क्याप्सुल ट्रामाडोल सहित २ जना कुलेश्वरबाट पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०२, २०८२

काठमाडौँ । कुलेश्वरबाट ८२ हजार ९ सय क्याप्सुल ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार राति भारतीय गाडीमा ल्याएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

भारतीय नम्बर यूपी–७८ सिबी ९८३५ नम्बरको कारमा खाली सिलिन्डर भित्र लुकाएर ल्याएको लागुऔषध बरामद गर्न काठमाडौँका एसएसपी विश्व अधिकारी आफैँ घटनास्थलमा पुगेका थिए । लागुऔषध ओसारपसारमा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका घर भएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मिना मगरलाई प्रहरीले पक्राउ गरेको छ । राजु मिजार विरुद्ध यसअघि पनि ३ पटक लागुऔषध सम्बन्धी कसुरमा मुद्दा चलेको प्रहरीको अभिलेखबाट देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]