०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०३, २०८२

मेष : दिन राम्रो छ। आम्दानीका स्रोत जुट्ने छन्। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारसँग सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

वृष : दिन राम्रो छ। साथीको साथ मिल्ने छ। सोचेको काम सहजै बन्ने छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले राजनीतिमा सक्रिय भए महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने छ।

मिथुन : दिन राम्रो छ। तपार्ईंको बोलीले महत्त्वपूर्ण काम बन्ने छ। स्वास्थ्यले साथ दिँदा मन खुशी बन्ने छ। धार्मिक क्षेत्रको भ्रमण तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : दिन सामान्य छ। सहकर्मीले नै विरोध गर्ने जोखिम छ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रामा नजानु उचित हुन्छ। धार्मिक कार्यमा विश्वास नगर्दा घाटा हुने छ।

सिंह : सप्तम भावमा उदयमान चन्द्रमा भएकाले पारिवारिक सुख मिल्ने छ। अप्रिय शब्दले मन अशान्त भए पनि दिन सहज बन्ने छ। साँझपख भाग्यको उदय हुने योग छ।

कन्या : व्यापारमा घाटा हुनेछ। लगानी गर्नु अगाडि तीन पटक सोच्नु पर्ने समय छ। परिवारमा कामको बोझ थपिँदै जाने छ। अभिभावकसँग सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुनेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने छ। लगानी गरेको भए प्राविधिक शिक्षामा नाफा हुने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट सम्मान मिल्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृश्चिक : दिन सामान्य छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। खानपानका कारण स्वास्थ्यमा समस्या हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यको जोखिम रहेकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

धनु : दिन राम्रो छ। आफ्नो मूल्यांकन गर्न सक्षम भएको प्रमाणित गर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने खतरा देखिन्छ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। स्वास्थ्यमा सुधार हुने छ। आज तपाईंका लागि साथीको साथ महत्त्वपूर्ण बन्ने छ। राज्यको काम गर्दा भने सचेत बन्नुपर्ने समय छ।

कुम्भ : दिन राम्रो छ। शुभकार्यमा अगाडि बढ्दा फाइदा हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुने छ। परिवारसँग बौद्धिक टकराब हुने भएकाले सचेत बन्नुपर्ने छ।

मीन : आज स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। दैनिक काममा अनावश्यक खर्च बढ्ने जोखिम छ। बोल्दा सचेत बन्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा महत्तवपूर्ण काम बन्ने छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ । अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण […]

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

error: Content is protected !!